नरिवलको रक्सी खाँदा आठ जनाको मृत्यु, सयौँ अस्पताल भर्ना

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ७, २०७६
|
|
२२ पटक हेरिएको
Shares
नरिवलको रक्सी खाँदा आठ जनाको मृत्यु, सयौँ अस्पताल भर्ना

सारांश

  • ७ पुस ।
  • नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।
  • रक्सीकै कारण विरामी भएका अरु सयौँ जना अस्पताल भर्ना भएका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

७ पुस । नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा कम्तीमा आठ जनाको मृत्यु भएको छ । रक्सीकै कारण विरामी भएका अरु सयौँ जना अस्पताल भर्ना भएका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

उनीहरुले सेवन गरेको रक्सीमा ‘मेथनल’ भन्ने पदार्थ अत्यधिक धेरै भएकाले असर गरेको हुन सक्ने विश्वास गरिएको छ । राजधानी मनिलादेखि दक्षिणपूर्वी क्षेत्रमा पर्ने रिजाल भन्ने ठाउँमा भएको हप्तान्त भेलामा सहभागी भएर रक्सी सेवन गरेकाहरु मध्ये केहीको मृत्यु भएको र केही बिरामी भएका हुन् ।

रक्सी सेवन गरेपछि उनीहरुले सुरुमा पेट दुखेको बताएका थिए । बिरामी भएका मध्ये नौ जनाको अवस्था गम्भीर रहेको राजधानी मनिलास्थित फिलिपिन्स जनरल अस्पतालका प्रवक्ता जोसे जोनास डेल रोसारिओले जानकारी दिए ।

रक्सी सेवनका कारण बिरामी भएका ३ सय जना अस्पतालमा भर्ना भएका उनले बताए । उनीहरु सवैको बिरामीको कारण एउटै देखिएको चिकित्सकहरुको भनाई छ ।क्रिसमसको अवसरमा अत्यधिक माग हुने यस रक्सीको बेचविखन, वितरण र सेवनमा प्रतिबन्ध लगाउन स्थानीय सरकारले आदेश दिएको छ ।

बजारमा बिक्री वितरणका लागि पाइने नरिवलको अधिकांश रक्सी स्थानीय बासिन्दाले नै बनाउने गर्दछन् । रक्सी बनाउने अधिकांश स्थानीय बासिन्दा पछाडी पारिएको समुदायका हुने गरेका छन् । पछाडी पारिएको अशिक्षित समूदायले बनाउने यस प्रकारको रक्सीमा गुणस्तर राम्रो नहुने गरेकाले धेरै उपभोक्ता बिरामी हुने गरेको चिकित्सकहरुको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवनिर्वाचित प्रधानमन्त्रीद्वारा राजिनामा
नवनिर्वाचित प्रधानमन्त्रीद्वारा राजिनामा
सरकार बैधानिक रुपमा लोकतन्त्र उल्ट्याउन लाग्यो : वरिष्ठ नेता पौडेल
सरकार बैधानिक रुपमा लोकतन्त्र उल्ट्याउन लाग्यो : वरिष्ठ नेता पौडेल
पहिराे हेर्न जाँदा मृत्यु
अचम्मः उडानका बेला निदाएकी महिलाको जव निन्द्रा खुल्यो‘
अचम्मः उडानका बेला निदाएकी महिलाको जव निन्द्रा खुल्यो‘
कर्णाली प्रदेश : एक अर्ब दुई करोड बजेटमा सात करोड मात्र खर्च
कर्णाली प्रदेश : एक अर्ब दुई करोड बजेटमा सात करोड मात्र खर्च
मधेस केन्द्रित दलहरूबीच सहकार्यको प्रयास, त्रिपाठीले थाले वार्ता
मधेस केन्द्रित दलहरूबीच सहकार्यको प्रयास, त्रिपाठीले थाले वार्ता
प्रशासनले रोक लगाएकै ठाउँमा  डा. गोविन्द केसीको प्रदर्शन
प्रशासनले रोक लगाएकै ठाउँमा डा. गोविन्द केसीको प्रदर्शन
चंकी पाण्डेले फराह खानको अभिनयमाथि दिए प्रतिक्रिया, जवाफमा फराहले भनिन्, ‘आफ्नी छोरीलाई सम्हाल पहिला’
चंकी पाण्डेले फराह खानको अभिनयमाथि दिए प्रतिक्रिया, जवाफमा फराहले भनिन्, ‘आफ्नी छोरीलाई सम्हाल पहिला’
एस. जयशंकरलाई मोदीले मन्त्रीको सपथ खुवाउँदा ओली चकित र चिन्तित !
एस. जयशंकरलाई मोदीले मन्त्रीको सपथ खुवाउँदा ओली चकित र चिन्तित !
नेपाली वस्तुको बजार प्रवद्र्धन गर्नेछु – वाणिज्यमन्त्री

तपाईंले छुटाउनुभयो कि?