चंकी पाण्डेले फराह खानको अभिनयमाथि दिए प्रतिक्रिया, जवाफमा फराहले भनिन्, ‘आफ्नी छोरीलाई सम्हाल पहिला’

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २८, २०७९
|
|
२१ पटक हेरिएको
Shares
चंकी पाण्डेले फराह खानको अभिनयमाथि दिए प्रतिक्रिया, जवाफमा फराहले भनिन्, ‘आफ्नी छोरीलाई सम्हाल पहिला’

सारांश

  • बलिउड नायिका अनन्या पाण्डेले हालै सोसल मिडियामा एउटा भिडियो सेयर गरिन् जसमा उनी फराह खानसँग देखिएकी छिन् ।
  • भिडियो सुरु हुने बित्तिकै अनन्याले आफ्नो परिचय दिन सुरु गर्छिन् ।
  • यसैबीच फराह बीचमा आउँछिन् र भन्छिन्, ‘अनन्या, अनन्या तिमीले ‘खाली पिली’ का लागि राष्ट्रिय अवार्ड पाएकी छौ ।

बलिउड नायिका अनन्या पाण्डेले हालै सोसल मिडियामा एउटा भिडियो सेयर गरिन् जसमा उनी फराह खानसँग देखिएकी छिन् ।
भिडियो सुरु हुने बित्तिकै अनन्याले आफ्नो परिचय दिन सुरु गर्छिन् । यसैबीच फराह बीचमा आउँछिन् र भन्छिन्, ‘अनन्या, अनन्या तिमीले ‘खाली पिली’ का लागि राष्ट्रिय अवार्ड पाएकी छौ ।’ यो सुन्ने बित्तिकै अनन्या खुसी हुन्छिन् । तर त्यति नै बेला फराहले आफूले ठट्टा गरिरहेको बताउँछिन् ।
यो भिडियोमा प्रशंसकदेखि सेलिब्रिटीसम्मकाले प्रतिक्रिया दिइरहेका छन् । यस्तै अनन्याका पिता चंकी पाण्डेले लेखे, ‘फराह तिमीलाई यो भिडियोमा ओभरएक्टिङका लागि अवार्ड पाउनुपर्छ ।’ यो सुन्ने बित्तिकै फराहले प्रतिक्रिया दिँदै लेखिन्, ‘आफ्नी छोरीलाई सम्हाल पहिला

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?