काठेपुल नहुँदा जोखिम मोलेर यात्रा गर्दै स्थानीयवासी

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १३, २०७६
|
|
१९ पटक हेरिएको
Shares
काठेपुल नहुँदा जोखिम मोलेर यात्रा गर्दै स्थानीयवासी

सारांश

  • हुम्लाको सिमकोट गाउँपालिका–१ र २ का स्थानीयवासी काठेपुल नहुँदा जोखिम मोलेर यात्रा गरिरहेका छन् ।
  • गाउँपालिका वडा नं ३ र ५ को सीमाक्षेत्रमा रहेको नदीको काठेपुल एक हप्ता अगाडि भत्किँदा सोही पालिकाको वडा नं १ र २ का स्थानीयवासीलाई आवतजावतमा बढी समस्या बनाएको छ ।
  • विसं २०७० मा साविक जिल्ला विकास समितिबाट रु पाँच लाखको लगानीमा बनाइएको काठेपुल जीर्ण अवस्थामा हुँदा पुनः भत्किएको छ ।

हुम्लाको सिमकोट गाउँपालिका–१ र २ का स्थानीयवासी काठेपुल नहुँदा जोखिम मोलेर यात्रा गरिरहेका छन् । गाउँपालिका वडा नं ३ र ५ को सीमाक्षेत्रमा रहेको नदीको काठेपुल एक हप्ता अगाडि भत्किँदा सोही पालिकाको वडा नं १ र २ का स्थानीयवासीलाई आवतजावतमा बढी समस्या बनाएको छ ।

विसं २०७० मा साविक जिल्ला विकास समितिबाट रु पाँच लाखको लगानीमा बनाइएको काठेपुल जीर्ण अवस्थामा हुँदा पुनः भत्किएको छ । काठेपुल भत्किँदा ठेहे, दोजाम, ताक्ला, बाम्टा गाउँका स्थानीयवासीलाई आवतजावतमा बढी प्रभावित बनाएको छ । जीर्ण अवस्थामा रहेको काठेपुलमा आवतजावत गर्दै आएका यहाँका स्थानीयवासी अहिले सोही पुल भत्किँदा नदी तरेर वारपार गर्नुपर्ने बाध्यता रहेको गाउँपालिका–१ निवासी देबन बोहराले बताउनुभयो ।

हेल्दुमखोलाको बाटो भएर वडा नं १ र २ का स्थानीयवासीलगायत अन्य सर्वसाधरणले आवतजावत गर्ने पुल नै भत्किँदा यहाँको स्थानीय सरकारले कुनै चासो नदिएको बोहराले बताउनुभयो । काठेपुल भत्किँदा ठेहे र दोजामका स्थानीयवासी बढी प्रभावित भएका छन् । उक्त नदीमा पुल नहुँदा दैनिक सदरमुकाम सिमकोटमा पुगेर उपभोग्य सामान खरीददेखि प्रशासनिक कामका लागि आवतजावत गर्नेलाई समस्या बनाएको नदी छेउमा होटल सञ्चालन गरिरहेका करण सुनारले बताउनुभयो । नदीमा पुल नहुँदा बालबालिका, वृद्धवृद्धा, बिरामी बढी मर्कामा परेको सुनारले बताउनुभयो ।

आधारभूत भौतिक पूर्वाधार निर्माणमा गाउँपालिकासहित वडा नं १ र २ का जनप्रतिनिधिले ध्यान दिएर काम गर्न आवश्यक देखिएको सुनारले बताउनुभयो । उहाँले भन्नुभयो, “कम्तीमा गाउँपालिकाकोे केन्द्रसम्म सबैको पहुँच पुग्ने गरी संरचना निर्माण आवश्यक छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकी राष्ट्रपति अमेरिकी इतिहासकै ठूलो राहत कानुनमा ट्रम्पद्वारा हस्ताक्षर
अमेरिकी राष्ट्रपति अमेरिकी इतिहासकै ठूलो राहत कानुनमा ट्रम्पद्वारा हस्ताक्षर
मोरङ क्षेत्र नं ५ को निर्वाचन बढी रोचक
मोरङ क्षेत्र नं ५ को निर्वाचन बढी रोचक
राप्रपा नेपालका अध्यक्ष कमल थापाले दिए जिम्मेवारी बाँडफाँड
राप्रपा नेपालका अध्यक्ष कमल थापाले दिए जिम्मेवारी बाँडफाँड
पर्सामा अनुचित लेनदेनसम्बन्धी चार सय ५९ उजुरी फछ्र्यौट
पर्सामा अनुचित लेनदेनसम्बन्धी चार सय ५९ उजुरी फछ्र्यौट
छक्का पञ्जा–४ र छडके-२ आजबाट प्रदर्शनमा
छक्का पञ्जा–४ र छडके-२ आजबाट प्रदर्शनमा
हेटौंडामा एमाले र गठबन्धनको भिडन्तमा राप्रपाको टक्कर
हेटौंडामा एमाले र गठबन्धनको भिडन्तमा राप्रपाको टक्कर
जुलिअन असान्जलाई बलात्कारको मुद्दामा पक्राउ गर्न स्वीडेनद्वार अस्वीकार
जुलिअन असान्जलाई बलात्कारको मुद्दामा पक्राउ गर्न स्वीडेनद्वार अस्वीकार
फुजेलवासीलाई खुसीको खबर : टानको महासचिवमा चेवन देवकोटाको उम्मेदवारी
फुजेलवासीलाई खुसीको खबर : टानको महासचिवमा चेवन देवकोटाको उम्मेदवारी
सेतो प्लेटका गाडीको दुरुपयोग शंका लागेमा यो नम्बरमा फोन गरिदिनुस्
सेतो प्लेटका गाडीको दुरुपयोग शंका लागेमा यो नम्बरमा फोन गरिदिनुस्
आज लोकतन्त्र दिवस: विभिन्न कार्यक्रम गरी मनाइँदै
आज लोकतन्त्र दिवस: विभिन्न कार्यक्रम गरी मनाइँदै

तपाईंले छुटाउनुभयो कि?