निर्मला पन्तको सम्झनामा ‘चिल्ड्रेन पार्क’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २४, २०७५
|
|
२४ पटक हेरिएको
Shares
निर्मला पन्तको सम्झनामा ‘चिल्ड्रेन पार्क’

सारांश

  • माघ २४, कञ्चनपुर ।
  • बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया निर्मला पन्तको सम्झनामा बाल उद्यान निर्माण सुरु गरीएको छ ।
  • निर्मलाले पढ्ने विद्यालय सरस्वती माध्यमिक विद्यालयनजिक उद्यान निर्माण शुरु गरिएको हो ।

माघ २४, कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया निर्मला पन्तको सम्झनामा बाल उद्यान निर्माण सुरु गरीएको छ । निर्मलाले पढ्ने विद्यालय सरस्वती माध्यमिक विद्यालयनजिक उद्यान निर्माण शुरु गरिएको हो ।

निर्मलाको बलात्कारपछि हत्या भएको ६ महिनाभन्दा बढी भइसके पनि हत्यारा पत्ता लागेको छैन । देशमा मात्रै नभई अन्तर्राष्ट्रिय स्तरमै यो घटनाको आलोचना भइरहेका बेला निर्मलाको सम्झनामा उद्यान निर्माण गर्न लागिएको हो । बुधवार निर्मला पन्तकी आमा, विद्यालयका प्रधानाध्यापक, वडाध्यक्ष शिक्षक तथा अधिकारकर्मी लगायतले बालउद्यानको शिलान्यास गरेका हुन् ।

सोही स्कुलको कक्षा ९ मा अध्ययनरत आफ्नी छोरीले अहिलेसम्म पनि न्याय नपाउँदा दुःखी भए पनी छोरीको सम्झनाका उद्यान बन्न लागेकोमा हर्षित भएको निर्मलाकी आमा दुर्गादेवी पन्त बताउँछिन् ।

निर्मलाको परिवारलाई अहिलेसम्म न्याय दिन नसकिए उनको सम्झनामा उद्यान बन्नु सकारात्मक भएको अधिकारकर्मी मिना भण्डारी बताउँछिन् ।

उद्यान निर्माणका लागि वडा कार्यालयले बजेट समेत छुट्याई सकेको वडाअध्यक्ष डम्बरसिंह कार्कीले बताएका छन् । १२ लाख रुपैयाँ लागतमा श्री सरस्वती माध्यमिक विद्यालयको २ कठ्ठा जमिनमा उद्यान निर्माण हुने भएको छ । उद्यान चार ब्लकमा बन्ने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?