अष्ट्रेलियाको आगलागीका लागि २४ दोषी
सारांश
- अस्ट्रेलियाली इतिहासकै सर्वा्िधक ठूलो डढेलोका लागि कम्तीमा २४ जना दोषी रहेको प्रहरीले जनाएको छ।
- खडेरी र अत्याधिक तातोका कारण देशव्यापी प्रकोपका रूपमा फैलिएको अस्ट्रेलियाली डढेलोका कारण कम्तीमा २४ जनाको मृत्यु भइसकेको छ भने हजारौं प्रभावित बनेका छन्।
- गत सेप्टेम्बर महिनादेखि लागेको डढेलोका कारण मानिसमात्रै नभई ५० करोडको हाराहारीमा जनावरसमेत मरेको विवरण बाहिरिँदै गर्दा न्यु साउथ वेल्स राज्यमा जानाजानी डढेलो लगाएको भन्दै प्रहरीले २४ जनाविरुद्ध मुद्धा दायर गरेको अमेरिकी समाचार संस्था सिएनएनले उल्लेख गरेको छ।
अस्ट्रेलियाली इतिहासकै सर्वा्िधक ठूलो डढेलोका लागि कम्तीमा २४ जना दोषी रहेको प्रहरीले जनाएको छ। खडेरी र अत्याधिक तातोका कारण देशव्यापी प्रकोपका रूपमा फैलिएको अस्ट्रेलियाली डढेलोका कारण कम्तीमा २४ जनाको मृत्यु भइसकेको छ भने हजारौं प्रभावित बनेका छन्।
गत सेप्टेम्बर महिनादेखि लागेको डढेलोका कारण मानिसमात्रै नभई ५० करोडको हाराहारीमा जनावरसमेत मरेको विवरण बाहिरिँदै गर्दा न्यु साउथ वेल्स राज्यमा जानाजानी डढेलो लगाएको भन्दै प्रहरीले २४ जनाविरुद्ध मुद्धा दायर गरेको अमेरिकी समाचार संस्था सिएनएनले उल्लेख गरेको छ।
न्यु साउथ वेल्स राज्यको प्रहरीले सोमबार जारी गरेको विज्ञप्तिमा डढेलो लगाउन सहभागी भएका अन्य १ सय ८३ जनाविरुद्ध कानुनी कारबाहीको प्रक्रिया थालनी गरेको जानकारी पनि दिइएको छ। प्रहरीका अनुसार नोभेम्बर ८ देखि हालसम्म आगलागीसँग सम्बन्धित विषयमा कानुनी कारबाहीको थालनी गरिएकामध्ये ४० जना नाबालिग छन्। यद्यपि उनीहरुलाई भने प्रहरीले चेतावनीदेखि आपराधिक आरोपसम्म लगाएर कानुनी कारबाहीको प्रक्रिया थालनी गरेको विज्ञप्तिमा जनाइएको छ।
१ सय ८३ मध्ये ५३ जनालाई आगो लगाउन गरिएको प्रतिबन्ध उल्लंघन गरेको अभियोगमा चेतावनी वा आपराधिक मुद्दा लगाइएको छ भने ४७ जनामाथि भने जमिनमा चुरोट वा सलाई सल्काएको भन्दै अभियोग लगाइएको न्यु साउथ वेल्सको प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
डढेलोले अस्ट्रेलियाको लगभग सबै राज्यलाई छोएको भए पनि सबैभन्दा प्रभावित भने न्यु साउथ वेल्स भएको छ। कैयौं महिनादेखि अस्ट्रेलियामा डढेलो लागिरहेको छ, जसका कारण हजारौं मानिस घरबारविहीनसमेत बनेका छन्। आगलागीकै कारण कैयौं सहरसमेत ध्वस्त भएका छन्।
लगभग एक करोड ८० लाख एकर जमिन आगोले जलेको छ। प्रहरीले न्यु साउथ वेल्स राज्यभर नै आगो लगाउन प्रतिबन्ध गर्ने तयारीसमेत गरिरहेको छ। आइतबारमात्रै पनि प्रहरीले एक मानिसलाई डढेलो लगाएको भन्दै मुद्दा दायर गरेको थियो। ती मानिसले चलाएको ऊर्जासम्बन्धी एउटा उपकरणका कारण माउन्ट ड्रुइटमा आगलागी सुरु भएको भन्दै न्यु साउथ वेल्स प्रहरीले उनलाई पक्राउ गरेको थियो । नागरिक दैनिकबाट
प्रतिक्रिया