आज घट्यो सुन–चाँदीको मूल्य, तोलाको कति ?
सारांश
- काठमाडौँ ।
- आज नेपाली बजारमा सुनको भाउ घटेको छ ।
- हिजो बिहबार तोलामा ६ सय रुपैयाँ बढेको सुनको भाउ आज २ सय रुपैयाँ घटेको हो ।
काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ घटेको छ । हिजो बिहबार तोलामा ६ सय रुपैयाँ बढेको सुनको भाउ आज २ सय रुपैयाँ घटेको हो ।आज छापावाल सुन प्रतितोला ७१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहिबार सुन ७२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। आज सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया