भारतीय दुतावासले मनायो सेना दिवस, प्रधानसेनापति थापा सहभागी

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ६, २०७६
|
|
४१ पटक हेरिएको
Shares
भारतीय दुतावासले मनायो सेना दिवस, प्रधानसेनापति थापा सहभागी

सारांश

  • काठमाडौं, ६ माघ ।
  • नेपालस्थित भारतीय राजदूतावासले ७२ औं भारतीय सेना दिवस मनाएको छ ।
  • उक्त अवसरमा हिजो (आइतबार) माघ ५ गते दुतावासले एक कार्यक्रमको आयोजना गरेर सेना दिवस मनाएको हो ।

काठमाडौं, ६ माघ । नेपालस्थित भारतीय राजदूतावासले ७२ औं भारतीय सेना दिवस मनाएको छ । उक्त अवसरमा हिजो (आइतबार) माघ ५ गते दुतावासले एक कार्यक्रमको आयोजना गरेर सेना दिवस मनाएको हो । दुतावासाले जारी गरेको विज्ञप्तीअनुसार उक्त कार्यक्रममा भारतीय सेनाका मानार्थ महारथी तथा सुकीर्तिमय राष्ट्रदीपबाट सम्मानित नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा प्रमुख अतिथिका रुपमा उपस्थित थिए ।

उक्त कार्यक्रममा बोल्दै भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा. अजय कुमारले भारतीय सेना राष्ट्र निर्माणको सुरक्षा कवचको रुपमा रहेको बताएका थिए । दुई देशलाई जोड्ने नेपाली गोर्खा सैनिकको अटुट सम्बन्धको चर्चा गर्दै उनले उनीहरुको निःस्वार्थ सेवाभाव तथा त्यागप्रति कृतज्ञता व्यक्त गरे ।उनले अवकाश प्राप्त पेन्सनवाला भारतीय सैनिक र नेपालमा बसोबास गरिरहेका उनीहरुका परिवारको सेवाका साथै उनीहरुको स्वास्थ्य तथा सुविधाको हेरचाह गर्ने प्रतिबद्घता व्यक्त गर्दै राष्ट्र निर्माणमा उनीहरुको अथक प्रयासको प्रंशसा पनि गरे ।

प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले दुई देशका सेनाबीच रहेको उत्कृष्ट सम्बन्ध र सहकार्य नेपाल भारतबीच रहेको सुमधुर सम्बन्धको उदाहरणको रुपमा रहेकोे बताएका थिए ।

कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति र भारतीय राजदूतावासका कार्यवाहक राजदूतले भारतीय सेनाका वीरता पुरस्कार विजेता गोर्खा सैनिकहरुलाई सम्मान गरेको पनि विज्ञप्तीमा जनाईएको छ । सो समारोहमा नेपाली सेनाका अधिकारी, विभिन्न राजदूतावासका सैनिक सहचारी,सरकारी र नागरिक उच्च–पदाधिकारी तथा भारतीय राजदूतावासका अधिकारी उपस्थित थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यमन गृहयुद्धमा साउदी सहभागिता, अमेरिकी राष्ट्रपतिले लगाए भिटो
यमन गृहयुद्धमा साउदी सहभागिता, अमेरिकी राष्ट्रपतिले लगाए भिटो
प्रधानमन्त्रीका तीन प्रश्न, मोर्चाको तीन उत्तर
यु-१९ क्रिकेटमा ओमानमाथि नेपालको फराकिलो जित
यु-१९ क्रिकेटमा ओमानमाथि नेपालको फराकिलो जित
निर्मला हत्या प्रकरण : प्रहरी यातनाबाट मानसिक समस्या देखिएपछि विशाललाई उपचारको लागि काठमाडौं
निर्मला हत्या प्रकरण : प्रहरी यातनाबाट मानसिक समस्या देखिएपछि विशाललाई उपचारको लागि काठमाडौं
प्रधानमन्त्री ओलीको चीन भ्रमण नजिकिएसँगै वामपन्थीहरुको चहलपहल बढ्दो
प्रधानमन्त्री ओलीको चीन भ्रमण नजिकिएसँगै वामपन्थीहरुको चहलपहल बढ्दो
रहस्यमय : प्रधानन्यायाधीश पराजुलीको पाँचौं जन्ममिति भेटियो
रहस्यमय : प्रधानन्यायाधीश पराजुलीको पाँचौं जन्ममिति भेटियो
सास फेर्न गाह्रो भयपछी नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि ओम अस्पतालमा भर्ना  !
सास फेर्न गाह्रो भयपछी नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि ओम अस्पतालमा भर्ना !
पोखरीमा डुबेर एक वृद्धको मृत्यु
पोखरीमा डुबेर एक वृद्धको मृत्यु
रजस्वला हुँदा अझै गोठमा सुत्न बाध्य छन् महिला
रजस्वला हुँदा अझै गोठमा सुत्न बाध्य छन् महिला
राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल
राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईंले छुटाउनुभयो कि?