यसरी थाहा पाउनुहाेस अाफू कति स्वस्थ भन्ने कुरा !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ४, २०७५
|
|
३२ पटक हेरिएको
Shares
यसरी थाहा पाउनुहाेस अाफू कति स्वस्थ भन्ने कुरा !

सारांश

  • कुनै पनि व्यक्तिलाई फिट रहनका लागि खेलकुदमा लाग्नै पर्छ भन्ने जरुरी छैन ।
  • तपाई कुनै काम कति गहिराईका साथ गर्नुहुन्छ, र त्यस काममा कति समर्पित हुनुहुन्छ भन्ने कुराले पनि तपाईको शरीर कति फिट छ भन्ने कुरा बताउने गर्छ ।
  • त्यस्तै, शरीरको स्टामिना तथा तपाईले कुनै काम प्रति कस्तो प्रतिकि्रया जनाउनु हुन्छ, त्यसले पनि तपाईको फिटनेसबारे धेरै कुरा बताउने गर्छ ।

कुनै पनि व्यक्तिलाई फिट रहनका लागि खेलकुदमा लाग्नै पर्छ भन्ने जरुरी छैन ।तपाई कुनै काम कति गहिराईका साथ गर्नुहुन्छ, र त्यस काममा कति समर्पित हुनुहुन्छ भन्ने कुराले पनि तपाईको शरीर कति फिट छ भन्ने कुरा बताउने गर्छ ।

त्यस्तै, शरीरको स्टामिना तथा तपाईले कुनै काम प्रति कस्तो प्रतिकि्रया जनाउनु हुन्छ, त्यसले पनि तपाईको फिटनेसबारे धेरै कुरा बताउने गर्छ । त्यसबाहेक, यी कुराहरुले पनि तपाई कत्तिको फिट हुनुहुन्छ भनेर पत्ता लगाउन सकिन्छ ।

शरीरीक बनावट वा शरीरको कम्पोजिसन

शरीरको बनावट वा कम्पोजिसनको नापजाँच गरेर पनि शरीरको फ्याट तथा मसल्स पत्ता लगाउन सकिन्छ । त्यस्तै, शरीरको उचाई, उमेर, तौल, हड्डीको बनावट तथा बोसोको आधारमा पनि शरीर कत्तिको फिट छ, पत्ता लगाउन सकिन्छ ।

जिम जानेहरुको हकमा ट्रेनरले शरीरको कम्पोजिसनको विश्लेषण गरेर पनि शरीर कत्तिको फिट छ भनेर बताउन सक्दछन् ।

लचिलोपना

उमेर बढेसँगै शरीरको लचिलोपना -फ्रक्जिविलिटी) मा पनि र्‍हास आउने गर्छ । शरीरलाई लचिलो बनाउन वजन घटाउनुमात्र हैन, एक्सरसाइज गर्नु पनि जरुरी हो । नियमित रुपमा गरिने एक्सरसाइजले शरीरलाई लचिलो बनाउन मद्दत गर्छ ।

शरीरको हड्डी तथा काम गर्ने तौरतरीकाले पनि शरीर कत्तिको लचिलो छ भन्ने कुरा पत्ता लगाउन सकिन्छ । तर बद्लिदो जीवनशैली तथा एकै ठाउँमा धेरै बेर बसेर गरिने कामले शरीरको लचिलोपना हराउँदै गएको छ । जसका कारण शरीरको जोर्नीहरु जाम हुने समस्या निम्तिदै गएको छ ।

कार्डियोभास्कुलर फिटनेस

मुटु तथा फोक्सोले राम्ररी काम गरेको खण्डमा शरीरको कार्डियोभास्कुलर सिस्टम फिट रहने हुने गर्छ । शरीरको कार्डियोभास्कुलर सिस्टम फिट रहन शरीरमा अक्सिजनको प्रवाह राम्ररी हुनु पर्दछ ।

साथै, शरीरमा भएको विषाक्त बाहिर निस्कनु पर्दछ । यो नै कार्डियोभास्कुलर फिटनेश मुख्य निशानी हो । र, मुटु र फोक्सो कति मजबुत छ भन्ने कुरा कार्डियो वर्कआउटमा निर्भर गर्छ ।

मसल्स स्ट्रेन्थ वा बलियो मांसपेशी

तपाईको मासंपेशी कत्तिको मजबुत छ भन्ने कुरा तपाईको हातमा भर पर्छ । अर्थात तपाई कति धेरै वजन उठाउन सक्नुहुन्छ, भन्ने कुरा मांसपेशीमा निर्भर गर्छ । यदी मांसपेशी मजबुत छ भने तपाईलाई कुनै गर्‍हौ कुरा उचाल्न, ढकेल्न तथा तान्न खासै समस्या पर्दैन । तर मांसपेशी कमजोर छ भने सानो-तिनो काम गर्नका लागि पनि तपाई थप ताकतको आवश्यक्ता पर्दछ ।

एउटै काम बारबार गर्ने क्षमता

सामान्यतया मानिसहरुलाई एउटै काम पटक पटक गर्न अल्छी लाग्ने गर्छ । एउटै कामलाई बारम्बार गर्न अल्छी लाग्नु एउटा कुरा हो । तर कुनै काम एक पटक गर्दैमा बेसी थकाई लाग्नु अर्को कुरा हो । कुनै काम एकपटक गर्दैर्मा थकाई लाग्नुले शरीर कमजोर भएको संकेत दिने गर्छ । त्यस्तो अवस्था शरीरका लागि आवश्यक पर्ने पोषण तत्व सेवन गरेर पनि शरीरलाई फिट राख्न सकिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Mostbet Bahisçisi: En İyi Oranlar Ve Çevrimiçi Canlı Bahis Deneyim
दाना–खुर्कोट प्रशारणलाइनको काम तीब्र
दाना–खुर्कोट प्रशारणलाइनको काम तीब्र
नागपञ्चमी पर्वः चट्याङ, अग्नि र सर्पको भयबाट बच्न नाग पूजा गरिँदै
नागपञ्चमी पर्वः चट्याङ, अग्नि र सर्पको भयबाट बच्न नाग पूजा गरिँदै
रुपन्देही क्षेत्र नम्बर ३ बाट गृहमन्त्री खाणको उम्मेदवारी दर्ता
रुपन्देही क्षेत्र नम्बर ३ बाट गृहमन्त्री खाणको उम्मेदवारी दर्ता
प्रधानमन्त्रीले भने हाम्रो भुभागमा अरुको दादागिरी चन्दैन
प्रधानमन्त्रीले भने हाम्रो भुभागमा अरुको दादागिरी चन्दैन
सिंगापुरमा रहेका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समार्फत गरे मन्त्रिपरिषद बैठकको अध्यक्षता
सिंगापुरमा रहेका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समार्फत गरे मन्त्रिपरिषद बैठकको अध्यक्षता
प्रदेश नं. ५ मा संसदीय समितिकाे नेतृत्वका लागि निर्वाचन प्रक्रिया शुरू
प्रदेश नं. ५ मा संसदीय समितिकाे नेतृत्वका लागि निर्वाचन प्रक्रिया शुरू
सत्तारुढ दलकै सांसदद्वारा प्रहरी महानिरीक्षक खनालको राजीनामा माग
सत्तारुढ दलकै सांसदद्वारा प्रहरी महानिरीक्षक खनालको राजीनामा माग
रवि लामिछानेको हिरासतको फोटो खिच्ने निकोलस भुसाल पक्राउ
रवि लामिछानेको हिरासतको फोटो खिच्ने निकोलस भुसाल पक्राउ
मुख्यमन्त्री पौडेल : रक्षाबन्धनले हामी सबैलाई एकसूत्रमा बाँध्न अभिप्रेरित गर्छ
मुख्यमन्त्री पौडेल : रक्षाबन्धनले हामी सबैलाई एकसूत्रमा बाँध्न अभिप्रेरित गर्छ

तपाईंले छुटाउनुभयो कि?