दक्षिण कोरियामा नेपालीहरु आकर्षित : न्यूनतम तलब १६.४ प्रतिशत बढ्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १, २०७४
|
|
२७ पटक हेरिएको
Shares
दक्षिण कोरियामा नेपालीहरु आकर्षित :  न्यूनतम तलब १६.४ प्रतिशत बढ्ने

सारांश

  • दक्षिण कोरिया ।
  • दक्षिण कोरियामा आगामी वर्ष २०१८ को न्यूनतम तलब प्रतिघन्टा ६.
  • ६४ डलर निर्धारण भएको छ ।

दक्षिण कोरिया । दक्षिण कोरियामा आगामी वर्ष २०१८ को न्यूनतम तलब प्रतिघन्टा ६.६४ डलर निर्धारण भएको छ ।

मजदुर, कम्पनी व्यवस्थापन र सरकारका प्रतिनिधि सम्मिलित न्यूनतम ज्याला निर्धारण समितिको बैठकले न्यूनतम ज्याला ७५२० वन निर्धारण गरेको हो ।

योनहाप न्यूज एजेन्सीका अनुसार यो गत वर्षको भन्दा १६.४ प्रतिशत बढी हो । यसबाट दक्षिण कोरियामा कार्यरत नेपालीहरु समेत लाभान्वित हुनेछन् ।

२०१७ मा कोरियामा कामदारको न्यूयतम तलब प्रतिघन्टा ६४७० वन थियो । अब यो बढेर ७५३० वन पुग्नेछ ।

तलबबारे कामदार र व्यवस्थापनका प्रतिनिधिबीच तीन महिनादेखि छलफल हुँदै आएको थियो । मजदुरका प्रतिनिधिले १० हजार बनाउनु पर्ने माग राख्दै आएका थिए ।

तर, आइतबारको डेडलाइन अघि ७५३० वनमा सहमति जुटेको छ । अब २०१८ जनवरीदेखि दिनको ८ घन्टा काम गरे महिनामा १५ लाख ७३ हजार ७७० वन तलब पाइनेछ ।

दक्षिण कोरियामा अगष्ट ५ मा नयाँ न्यूनतम तलब निर्धारण हुन्छ । मजदुर र व्यवपस्थापनबीच सहमति भएपनि त्यसमा आफ्नो धारणा राख्न सरकारलाई २० दिनको समय दिनुपर्छ ।

कोरियाका नयाँ राष्ट्रपतिले आफ्नो ५ वर्षे कार्यकालको अन्त्य २०२२ सम्ममा न्यूनतम तलब १० हजार ओन पुर्‍याउने  प्रतिवद्दता जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?