राष्ट्रिय गानका सङ्गीतकार गुरुङको स्मृतिमा ग्रन्थ प्रकाशित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २५, २०७५
|
|
१६ पटक हेरिएको
Shares
राष्ट्रिय गानका सङ्गीतकार गुरुङको स्मृतिमा ग्रन्थ प्रकाशित

सारांश

  • काठमाडौँ, २५ जेठ , नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले ‘अम्बर गुरुङ स्मृति ग्रन्थ’ प्रकाशन गरेको छ ।
  • प्रतिष्ठानका संस्थापक कुलपति, राष्ट्रिय गानका सङ्गीतकार गुरुङको दोस्रो स्मृति दिवसको अवसर पारेर आज सो स्मृतिग्रन्थ सार्वजनिक गरिएको हो ।
  • स्मृतिग्रन्थमा गुरुङको कृतित्व र व्यक्तित्वबारे पाँच दर्जन व्यक्तित्वको लेख, रचना, संस्मरण तथा समालोचना समावेश गरिएको छ ।

काठमाडौँ, २५ जेठ , नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले ‘अम्बर गुरुङ स्मृति ग्रन्थ’ प्रकाशन गरेको छ ।

प्रतिष्ठानका संस्थापक कुलपति, राष्ट्रिय गानका सङ्गीतकार गुरुङको दोस्रो स्मृति दिवसको अवसर पारेर आज सो स्मृतिग्रन्थ सार्वजनिक गरिएको हो । स्मृतिग्रन्थमा गुरुङको कृतित्व र व्यक्तित्वबारे पाँच दर्जन व्यक्तित्वको लेख, रचना, संस्मरण तथा समालोचना समावेश गरिएको छ ।

ग्रन्थमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँला लगायत गुरुङका सहकर्मीको लेख प्रकाशित गरिएको प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

स्मृति ग्रन्थमा गुरुङका हालसम्म प्रकाशित, अप्रकाशित प्रतिनिधिमूलक लेख रचना र तस्विरलाई समेत समावेश गरिएको छ । प्रतिष्ठानका पहिलो कुलपति गुरुङको सम्झनामा जन्म जयन्तीका दिनमा विशेष कार्यक्रम गरिनेछ । आज दोस्रो स्मृति दिवस भएकाले पुस्तक सार्वजनिक मात्र गरिएको सदस्य सचिव गणेश रसिकले जानकारी दिनुभयो ।

संगीतकार गुरुङको विसं २०७३ जेठ २५ गते निधन भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?