अरब अन्तर संसदीय संघद्वारा अमेरिकी मध्यपूर्वी शान्ति योजना अस्वीकार

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २७, २०७६
|
|
२८ पटक हेरिएको
Shares
अरब अन्तर संसदीय संघद्वारा अमेरिकी मध्यपूर्वी शान्ति योजना अस्वीकार

सारांश

  • २७ माघ ।
  • अरब अन्तर संसदीय संघले अमेरिकी मध्यपूर्वी शान्ति योजनालाई अस्वीकार गरको छन् ।
  • अरबी अन्तर संसदीय संघ (एपीयू)ले शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको अमेरिकी मध्यपूर्व शान्ति योजनालाई अस्वीकार गरेका हुन् ।

२७ माघ । अरब अन्तर संसदीय संघले अमेरिकी मध्यपूर्वी शान्ति योजनालाई अस्वीकार गरको छन् ।अरबी अन्तर संसदीय संघ (एपीयू)ले शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको अमेरिकी मध्यपूर्व शान्ति योजनालाई अस्वीकार गरेका हुन् ।

उ्क्त निर्णय जोर्डनको राजधानी अम्मानमा एपीयूको ३० औँ आपतकालीन सत्रमा गरिएको हो । सत्रमा २० अरब देशका प्रतिनिधीहरुले भाग लिएका थिए । प्यालेस्टाइनको मुद्दाले सबैभन्दा कठिन अवस्थाको सामाना गरिरहेकोमा शान्ति समझौता रद्द गर्ने निर्णय गरेका छन् ।एपीयूका अध्यक्ष तथा तल्लो सदनका सभामुख आतेफ तरावनेहले समझौता रद्द गरेको जनाकारी दिएका हुन् । एपीयूका अध्यक्ष तारावनेहले संयूक्त अरब देशको विभाजन हटाएर एकलाई अँगाल्न अरब रिजेक्शन फ्रन्ट गठन गरेको जनाएका छन् । इजराइलले प्यालेस्टाइनलाई स्वतन्त्र नबनाएसम्म शान्ति समझौता नहुने समेत दाबी गरेका छन् । जोर्डनको प्रधानमन्त्री उमर रज्जाजले अहिलेको परिस्थितीमा सम्पूर्ण अरब राज्य एक हुन जरुरी रहेको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?