८० किलोको खुकुरी

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ७, २०७६
|
|
३३ पटक हेरिएको
Shares
८० किलोको खुकुरी

सारांश

  • पर्वत, फागुन ७ ।
  • पर्वत जलजला गाउँपालिका–२ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले ८० किलोको खुकुरी निर्माण गरेका छन् ।
  • तीन महिनाको अवधिमा उनको नेतृत्वमा चार जनाको टोलीले हालसम्मकै सबैभन्दा ठूला सो खुकुरी तयार गरेको हो ।

पर्वत, फागुन ७ । पर्वत जलजला गाउँपालिका–२ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले ८० किलोको खुकुरी निर्माण गरेका छन् । तीन महिनाको अवधिमा उनको नेतृत्वमा चार जनाको टोलीले हालसम्मकै सबैभन्दा ठूला सो खुकुरी तयार गरेको हो । असी किलोको कुखुरीको अग्लाइ साढे १० फिटको रहेको छ । गत मङ्सिर ४ गतेदेखि खुकुुरी बनाउन शुरु गरी माघ २९ गते सम्पन्न भएको उनले जानकारी गराए ।

सुनारसँगै अर्जुन विक, सन्तोष विक र हरिलाल विकको समूहले तीन महिनाको अवधिमा निर्माण भएको खुकुरी अहिले पर्वत बेनीमा जारी १३औँ गण्डकी प्रदेशस्तरीय महिला महोत्सवमा पदर्शनीमा राखिएको छ ।

उनले माझफाँटमा डिलु आरान उद्योग सञ्चालन गर्दै आएका छन् । खुकुरीलाई चासो र जिज्ञासाको साथ अवलोकन गरी फर्कने गरेको रेडियोका दिदी बहिनीका अध्यक्ष कल्पना चापागाईंले बताइन्।

महोत्सवको मञ्चको छेउमा कुखुरीलाई ठाडो पारेर सबैले देख्न सक्ने गरी राखिएको छ । खुकुरीमा फलामसँगै बिँडमा सालको काठ र काँजोमा चाँदी र पितलको प्रयोग गरिएको छ । “तीन वर्षदेखि ठूलो खुकुरी बनाउने योजना बनाएको थिएँ, फलामको साइज नेपालमा नभेटिएपछि भारतबाट मगाएको हुँ, नेपालको राष्ट्रिय हतियारको रूपमा विश्वभर रहेका नेपालीको पहिचान र नेपालको चिनारीका लागि खुकुरीमार्फत प्रयास गरेको हुँ”, निर्माणकर्ता सुनारले भने।

उनका अनुसार खुकुरी निर्माणमा रु दुई लाख खर्च भएको छ । सामान खरिद र चार जनालाई तीन महिनाको पारिश्रमिक खर्चसमेत आफैँले जुटाएर खुकुरी बनाएका सुनारले आफ्नो लगानी उठ्ने गरी सङ्ग्राहलयमा राख्नका लागि सो खुकुरीलाई बिक्री गर्ने योजना बनाएको बताए। पुख्र्यौलीरूपमा आफ्ना अभिभावकले गर्दै आएको आरान पेशालाई आधुनिकीकरण गरेका सुनारले आकर्षक तरबार, खुकुरी, दाउ, आँसीलगायतका हतियारसँगै फलामका भाँडासमेत बनाउँदै आएका छन् । उनले महोत्सव परिसरमा आफ्नो उद्योगमा निर्माण गरिएका हातहतियार र औजार सामग्रीलाई समेत बिक्री वितरणका लागि प्रदर्शनीमा राखेका छन् ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डले दिए आफ्नै घरबेटिलाई चेतावनि
बाढीबाट विस्थापित हेलम्बुका युवा पुनः ट्राउट माछा व्यवसायमा फर्किन थाले
बाढीबाट विस्थापित हेलम्बुका युवा पुनः ट्राउट माछा व्यवसायमा फर्किन थाले
सामाजिक सञ्जाल एक्सले हमास सम्बद्ध सयौँ खाता हटायो
सामाजिक सञ्जाल एक्सले हमास सम्बद्ध सयौँ खाता हटायो
सबैलाई चकित पार्ने गरी चुनाव लगत्तै पार्टी एकता : प्रचण्ड
सबैलाई चकित पार्ने गरी चुनाव लगत्तै पार्टी एकता : प्रचण्ड
अष्ट्रेलियाको तेक्वान्दो नेशनल च्याम्पियनसिप टुर्नामेन्टमा नेपालीलाई रजत पदक
अष्ट्रेलियाको तेक्वान्दो नेशनल च्याम्पियनसिप टुर्नामेन्टमा नेपालीलाई रजत पदक
सुन प्रकरणका आरोपीको म्याद मिलान, सात दिन हिरासतमा राख्न अनुमति
सुन प्रकरणका आरोपीको म्याद मिलान, सात दिन हिरासतमा राख्न अनुमति
बेलका नगरपालिका को मैनामैनी मा जीप दुर्घटना १ को मृत्यु
बेलका नगरपालिका को मैनामैनी मा जीप दुर्घटना १ को मृत्यु
१२ वर्षीया गंगामायाले जन्माइन् छोरी
१२ वर्षीया गंगामायाले जन्माइन् छोरी
काभ्रेमा ४६ उम्मेदवारको जमानत जफत : १३ जनाले सय मत कटाएनन् !
काभ्रेमा ४६ उम्मेदवारको जमानत जफत : १३ जनाले सय मत कटाएनन् !
कोरोना संक्रमितको संख्या ३० लाख ६० हजार नाघ्यो
कोरोना संक्रमितको संख्या ३० लाख ६० हजार नाघ्यो

तपाईंले छुटाउनुभयो कि?