वर्तमान सरकार सबै नेपालीको हुन सकेन – पूर्वमन्त्री बडूको आरोप

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ७, २०७६
|
|
३२ पटक हेरिएको
Shares
वर्तमान सरकार सबै नेपालीको हुन सकेन – पूर्वमन्त्री बडूको आरोप

सारांश

  • अछाम,माघ ७ ।
  • नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले वर्तमान सरकार सबै नेपालीको हुन नसकेको आरोप लगाएका छन् ।
  • प्रेस युनियन अछामले आज साँफेबगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “राज्यका संवैधानिक निकाय पनि सरकारको प्रभावमा परेर काम गरिरहेका छन्, जुन कुरा संविधानको मर्म विपरीत भइरहेको छ ।

अछाम,माघ ७ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले वर्तमान सरकार सबै नेपालीको हुन नसकेको आरोप लगाएका छन् ।

प्रेस युनियन अछामले आज साँफेबगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “राज्यका संवैधानिक निकाय पनि सरकारको प्रभावमा परेर काम गरिरहेका छन्, जुन कुरा संविधानको मर्म विपरीत भइरहेको छ ।”

नेता बडूले भ्रष्टाचारीलाई कारवाही गर्नमा काँग्रेसको विरोध नभएको तर कानूनको प्रयोग विभेदपूर्ण भएकामा काँग्रेसको गम्भीर आपत्ति रहेको बताउँदै न्यायालयले सही र गलत छुट्याउला तर त्यहाँ पु¥याउने बाटो नै गलत भयो भने ।

सरकारले ल्याउने विकास बजेट सन्तुलित खालको नभएको भन्दै सुदूरपश्चिमको विकासका लागि सबै दल एक ठाउँमा उभिनुपर्ने धारणा राखे । पश्चिम सेती, अपर कर्णाली जस्ता आयोजना समयमै बन्नुपर्ने उनको धारणा छ ।

नेता बडूले एमसिसी नेपालको विकासका लागि भएको बताउँदै प्रजातन्त्र संस्थागत गर्न विकास र समृद्धि पहिलो आवश्यकता रहेको छ भने । काँग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्न किन नसकेको रु भन्ने प्रश्नमा बडूले सरकारका गलत कामको विरोध रचनात्मक रुपमा भइरहेको र काँग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निभाइरहेको प्रतिक्रिया दिए ।(रासस)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?