११ लाखका सिक्का बोकेर बिजुलीको बिल तिर्न पुगेपछि

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २३, २०७६
|
|
२६ पटक हेरिएको
Shares
११ लाखका सिक्का बोकेर बिजुलीको बिल तिर्न पुगेपछि

सारांश

  • नयाँ दिल्ली, फागुन २३ ।
  • भारतमा एक जना बिजुलीको बिल तिर्नका लागि सिक्कै सिक्काले भरिएको थैलो लिएर विद्युत् कार्यालय पुगेका छन्।
  • यो भारतको हाथरस भन्ने ठाउँको चिलर प्लान्टमा तिर्नु पर्ने विद्युत् महसुलको कुरा हो।

नयाँ दिल्ली, फागुन २३ । भारतमा एक जना बिजुलीको बिल तिर्नका लागि सिक्कै सिक्काले भरिएको थैलो लिएर विद्युत् कार्यालय पुगेका छन्। यो भारतको हाथरस भन्ने ठाउँको चिलर प्लान्टमा तिर्नु पर्ने विद्युत् महसुलको कुरा हो। त्यहाँ ती युवाले ११ लाख बक्यौता तिर्नु पर्ने रहेछ। त्यसैले उनी एउटा थैलोमा सिक्का मात्र लिएर विद्युत् कार्यालय पुगे।

सहरको चर्चित चिलर प्लान्टले पैसा नतिरेको थुप्रै समय भएको रहेछ। तर, विद्युत् कार्यालयले उनको पैसा लिन मानेन्। चिलर प्लान्टका म्यानेजरले चाहिँ आफ्नोमा दूध र बर्फ बेच्दा सिक्का मात्र आउने भएकाले त्यही पैसा तिर्न खोजिएको बताएका छन्।

उनले सिक्काबाट नै सबै पार्टीलाई अहिलेसम्म भुक्तानी गर्दै आएको बताएका छन्। यसअघि पनि विद्युत् कार्यालयले सिक्कामात्र दिँदा भुक्तानी नलिएको उनले बताएका छन्। एजेन्सी

(Adipex)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?