नबिल बैंकद्वारा बैंकिङ सफ्टवेयरमा गैरकानुनी हेरफेर, केन्द्रीय बैंकले अनुसन्धान गर्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २९, २०७६
|
|
३२ पटक हेरिएको
Shares
नबिल बैंकद्वारा बैंकिङ सफ्टवेयरमा गैरकानुनी हेरफेर, केन्द्रीय बैंकले अनुसन्धान गर्ने

सारांश

  • काठमाडौं, २९ फागुन ।
  • नबिल बैंकले ऋणीबाट रकम असुली गर्दा ‘गैरकानुनी अभ्यास‘ गर्दै आएको तथ्य फेला परेको छ।
  • वाणिज्य बैंकका रुपमा रहेको नबिलले ऋणीबाट ऋण असुल गर्दा अपनाउनु पर्ने नेपाल राष्ट्र बैंकका नियम र मापदण्ड समेत उल्लंघन गर्दै आएको छ।

काठमाडौं, २९ फागुन । नबिल बैंकले ऋणीबाट रकम असुली गर्दा ‘गैरकानुनी अभ्यास‘ गर्दै आएको तथ्य फेला परेको छ। वाणिज्य बैंकका रुपमा रहेको नबिलले ऋणीबाट ऋण असुल गर्दा अपनाउनु पर्ने नेपाल राष्ट्र बैंकका नियम र मापदण्ड समेत उल्लंघन गर्दै आएको छ। सम्पर्कमा आएका ऋणीका अनुसार राष्ट्र बैंकको निर्दे्शिका विपरीत नबिल बैंकले सम्बन्धित ऋणीको खाताबाट रकम काट्ने गरेको छ।

बैंकले आफूले लिएको ऋण विभिन्न कारणले भाकामा तिर्न नसक्ने ऋणीको कोर बैंकिङ सफ्टवेयर (सिबिएस) बाट बैंक खाता विवरण अफलाइन हासिल गरी रकम घटाउने गरेको हो। अफलाइन खाता विवरण हासिल गरेपछि ऋण असुली गर्ने विद्यमान मापदण्ड विपरीत बैंक कर्मचारीहरूले सम्बन्धित व्यक्तिको रकम उसको खाताबाट काट्ने गरेका छन्।

राष्ट्र बैंक नियमावलीले बैंकलाई पहिले ब्याजमा लागेको जरिवाना, ब्याज र त्यसपछि मात्र साँवा घटाउन दिन्छ। तर नबिलले यस विपरीत काम गरिरहेको छ। ऋणीहरूले दाबी गरे अनुसार बैंकले सबैभन्दा पहिले साँवा, त्यसपछि ब्याज र अनि मात्र ब्याजमा लागेको जरिवाना काट्ने गरेको छ। (नागरिक दैनिकबाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?