नेपाल आएका दुई अर्न्तराष्ट्रिय विमान आकाशबाटै फकाईयो

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ९, २०७६
|
|
२० पटक हेरिएको
Shares
नेपाल आएका दुई अर्न्तराष्ट्रिय विमान आकाशबाटै फकाईयो

सारांश

  • काठमाडौं ।
  • हङकङबाट काठमाडौ आइरहेका दुईवटा विमान आकाशबाटै फर्काइएको छ ।
  • अध्यागमन विभागले विमानमा आएका यात्रुहरुको संख्या विवरण हेरेपछि उनीहरुलाई आकाशबाटै फकाईएको हो ।

काठमाडौं । हङकङबाट काठमाडौ आइरहेका दुईवटा विमान आकाशबाटै फर्काइएको छ । अध्यागमन विभागले विमानमा आएका यात्रुहरुको संख्या विवरण हेरेपछि उनीहरुलाई आकाशबाटै फकाईएको हो ।

अध्यागमन विभागका प्रमुख इश्वराज पौडेलले आकाशबाट विमान फिर्ता गरिएको पुष्टि गरेपनि विमानमा आएका नागरिक कुन मुलुका थिए भन्ने जानकारी भने दिन चाहेनन् । स्रोतका अनुसार एउटा विमानमा एकजना विट्रिस अर्का विमानमा २४ जना यूरोपियन नागरिक भएको थाह पाएपछि अध्यागमन विभागले रोकेको थियो ।

‘विमान फिर्ता गरिएको छ विमानमा रहेका यात्रुहरु नेपालले प्रतिबन्ध लगाएका मुलुकका नागरिक थिए’, विभागका महानिर्देशक पौडेलले भने ।
अध्यागमन विभागका अनुसार कुल ६६ मुलुकका नागरिक र त्यहाँबाट आउने जुनसुकै मुलुकका नागरिकलाई समेत नेपाल आउन प्रतिबन्ध लागेको छ ।

यूरोपका ४५ देशबाट नेपाल आउन रोक लगाइएको छ । पश्चिम एशिया र खाडीका १९ देशका साथै जापान र कोरियाबाट पनि आउन पाइनेछैन । तर शनिवार दिउसो एयर इन्डिया र थाइ एयरवेजले जापान, मलेसिया, भारतबाट क्रमशः १२ र ४९ जना नेपाली बोकेर आएका थिए । ती विमान र नागरिक उड्डयन प्राधिकरणलाई अध्यागमन विभागले तयारी गरेको छ ।

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको चैत ५ गतेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानका नागरिकलाई चैत ७ गतेदेखि वैशाख ३ गतेसम्मका लागि आगमनमा प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शान्ति स्थापनामा एकै खालको उपाय सही नहुने : उपप्रधानमन्त्री पोखरेल
शान्ति स्थापनामा एकै खालको उपाय सही नहुने : उपप्रधानमन्त्री पोखरेल
पर्यटन मन्त्रालयः राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक
पर्यटन मन्त्रालयः राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक
ओखलढुंगामा २५ हजार भन्दा धेरै मत बदर
ओखलढुंगामा २५ हजार भन्दा धेरै मत बदर
काङ्ग्रेसद्वारा गणतन्त्र दिवसको शुभकामना व्यक्त
काङ्ग्रेसद्वारा गणतन्त्र दिवसको शुभकामना व्यक्त
प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्तावको तयारी, क कस्को साथ
प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्तावको तयारी, क कस्को साथ
एमाले जनप्रतिनिधिको २ दिने भेला : २० बुँदे काठमाडौं संकल्पपत्र जारी
एमाले जनप्रतिनिधिको २ दिने भेला : २० बुँदे काठमाडौं संकल्पपत्र जारी
अन्तरिक्ष युगमा नेपालको प्रवेशः प्रधानमन्त्री ओली
अन्तरिक्ष युगमा नेपालको प्रवेशः प्रधानमन्त्री ओली
इन्डोनेसियामा भूकम्प, सुनामीकाे खतरा कम !
इन्डोनेसियामा भूकम्प, सुनामीकाे खतरा कम !
प्रधानन्यायाधीश पराजुलीको ४ थरी जन्ममिति, कुन कुन मितिमा ?
प्रधानन्यायाधीश पराजुलीको ४ थरी जन्ममिति, कुन कुन मितिमा ?
चीनले कोभिड-१९को महामारीसँगै विदेशीमाथि लगाइएको यात्रा प्रतिबन्ध खुला
चीनले कोभिड-१९को महामारीसँगै विदेशीमाथि लगाइएको यात्रा प्रतिबन्ध खुला

तपाईंले छुटाउनुभयो कि?