ओखलढुंगामा २५ हजार भन्दा धेरै मत बदर

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २८, २०७४
|
|
२५ पटक हेरिएको
Shares
ओखलढुंगामा २५ हजार भन्दा धेरै मत बदर

सारांश

  • ओखलढुंगा, मंसिर २७ – ओखलढुंगामा प्रदेश तथा प्रतिनिधिसभा सदस्यको चुनावमा २५ हजारभन्दा बढी मत बदर भएको छ ।
  • प्रदेशसभा, प्रतिनिधिसभा तथा समानुपातिकतर्फ गरी कुल ६५ हजार ७ सय ८३ मत खसेमा २५ हजार ३ सय १९ मत बदर भएको हो ।
  • प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ६५ हजार ७ सय ८३ मत खसेकोमा ४ हजार ९५ मत बदर भएको छ ।

ओखलढुंगा, मंसिर २७ – ओखलढुंगामा प्रदेश तथा प्रतिनिधिसभा सदस्यको चुनावमा २५ हजारभन्दा बढी मत बदर भएको छ । प्रदेशसभा, प्रतिनिधिसभा तथा समानुपातिकतर्फ गरी कुल ६५ हजार ७ सय ८३ मत खसेमा २५ हजार ३ सय १९ मत बदर भएको हो ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ६५ हजार ७ सय ८३ मत खसेकोमा ४ हजार ९५ मत बदर भएको छ । त्यस्तै समानुपातिकतर्फ ६५ हजार ६ सय ३३ मत खसेकोमा ६ हजार ६ सय ४१ मत बदर भएको छ ।

प्रदेश क मा प्रत्यक्षतर्फ ३२ हजार ५ सय ८६ मत खसेकोमा १ हजार १ सय २१ मत बदर भएको छ । समानुपातिकतर्फ ३२ हजार ६ सय ६३ मत खसेकोमा ४ हजार १ सय ४३ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

प्रदेशसभा ख मा प्रत्यक्षतर्फ ३३ हजार १ सय ६७ मत खसेकोमा १ हजार ५ सय ४ मत बदर भएको छ । समानुपातिकतर्फ पनि ३४ हजार ९ सय ७० मत खसेकोमा ६ हजार ७ सय १५ मत बदर भएको छ ।

यसरी बदर मतको कुल योग २५ हजारभन्दा बढी हुन्छ । ठूलो सङ्ख्यामा मत बदर भएको पाएपछि निर्वाचन कार्यालयले मतदाता शिक्षा कमजोर भएको स्वीकार गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?