कोरोनाभाइरस महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती- राष्ट्रसंघ महासचिव

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १९, २०७६
|
|
३२ पटक हेरिएको
Shares
कोरोनाभाइरस महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती- राष्ट्रसंघ महासचिव

सारांश

  • बीबीसी।
  • कोरोनाभाइरस महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती रहेको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरसले सचेत गराएका छन्।
  • उनले यस महामारीले ल्याउने मन्दीको तुलना पछिल्ला कुनै वर्षका घटनासँग नहुने बताएका छन्।

बीबीसी। कोरोनाभाइरस महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती रहेको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरसले सचेत गराएका छन्।

उनले यस महामारीले ल्याउने मन्दीको तुलना पछिल्ला कुनै वर्षका घटनासँग नहुने बताएका छन्।

कोरोनाभाइरस महामारीको सामाजिक आर्थिक प्रभाव सम्बन्धी एक राष्ट्रसंघीय प्रतिवेदन सार्वजनिक कार्यक्रममा महासचिव गुटेरस बोल्दैथिए।

न्यूयोर्कस्थित राष्ट्रसंघ मुख्यालयमा उनले भने: "यो नयाँ रोगले मानिसहरूको जीवन र जीविकामा असर गर्दै समाजहरूको मुटुमै प्रहार गरेको छ।"

राष्ट्रसंघ प्रमुखले महामारीको प्रभाव कम गर्दै अन्त्य गर्नको लागि तत्काल सबैको सहकार्य सहितको स्वास्थ्य सहायता आवश्यक रहेको बताए।

गुटेरसले कम विकसित देशहरूलाई सहायता गर्न औद्योगिक राष्ट्रहरूलाई आग्रह गर्दै त्यसो नगरे 'डढेलोजसरी फैलिएको यस रोगका डरलाग्दा नतिजा सामना गर्नुपर्ने' बताए।

राष्ट्रसंघको अनुमान अनुसार यस महामारीले विश्वभर झण्डै दुई करोड पचास लाख मानिसहरूले रोजगारी गुमाउनेछन्।

विश्वव्यापी प्रत्यक्ष वैदेशिक लगानीको लहरमा ४० प्रतिशतले कमी आउने उक्त प्रतिवेदनमा जनाइएको छ।
कोरोनाभाइरसबाट जोगिन दुई मिटर दूरी कसरी राख्ने?

अमेरिकाले कडिकडाउका उपायहरू बढाइरहँदा चारमध्ये तीन अमेरिकीहरू कुनै न कुनै प्रकारका 'लकडाउनु सामना गरिरहेका वा गर्ने अवस्थामा पुगेका छन्।

महामारीसँग जुझ्न भइरहेका थुप्रै प्रयासबीच विश्वभरका सेयर बजारहरूले यस वर्षको पहिलो तीन महिनामा तीन दशक यताकै ठूलो क्षति बेहोरेका छन्।

विश्वभर अहिले ८ लाख ५० हजारमा यस भाइरसको सङ्क्रमण पुष्टि भएकोमा ४१ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। एक लाख ७७ हजार कोभिड १९ रोगबाट निको भएका छन्।

गत वर्षको अन्त्यमा भाइरसको प्रकोप सुरु भएको चीनमा भन्दा धेरै अमेरिकामा मृत्युको सङ्ख्या तीन हजार छ सयभन्दा बढी पुगेको छ।

उच्च प्रभावितमध्येको स्पेनमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै उच्च ८४९ जनाको मृत्यु भएको छ। सबैभन्दा धेरै इटलीमा १२ हजार भन्दा बढीको मृत्यु भएको छ।

ब्रिटेनमा एकजना १३ वर्षे किशोर सहित अहिलेसम्म एक हजार सात सय ८९ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधान संशोधन सम्बन्धी छुट्टै प्रस्ताव दर्ता गराउन जसपा संसद सचिवालयमा
संविधान संशोधन सम्बन्धी छुट्टै प्रस्ताव दर्ता गराउन जसपा संसद सचिवालयमा
प्रधानमन्त्री ओलीलाई हिँडडुल गराउन थालियो, परीक्षणका सूचक सामान्य
प्रधानमन्त्री ओलीलाई हिँडडुल गराउन थालियो, परीक्षणका सूचक सामान्य
बिकिनी किलरको नामबाट परिचित कुख्यात अपराधी चार्ल्स सोभराजको ओपन हर्ट सर्जरी !
बिकिनी किलरको नामबाट परिचित कुख्यात अपराधी चार्ल्स सोभराजको ओपन हर्ट सर्जरी !
आगामी तीन महिना मूल्यवृद्धि हुने, मृल्यवुद्धि १४ प्रतिशतसम्म पुग्ने
आगामी तीन महिना मूल्यवृद्धि हुने, मृल्यवुद्धि १४ प्रतिशतसम्म पुग्ने
थाहा पाउनुहोस् सुष्मा स्वराज नेपाल आउनुको यी सात कारण
थाहा पाउनुहोस् सुष्मा स्वराज नेपाल आउनुको यी सात कारण
गृहमन्त्री लामिछानेविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा, असार १६ गते सुनुवाई हुने
गृहमन्त्री लामिछानेविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा, असार १६ गते सुनुवाई हुने
साउनको दोस्रो सोमबार: पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड
साउनको दोस्रो सोमबार: पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड
के बैध संस्था भित्र अवैध काम भएकै हो त ? मन्त्रालयले चाल्यो यस्तो कदम !
के बैध संस्था भित्र अवैध काम भएकै हो त ? मन्त्रालयले चाल्यो यस्तो कदम !
बुहारी मार्ने अधिकारी पुर्पक्षमा
बुहारी मार्ने अधिकारी पुर्पक्षमा
स्रष्टा पुरु लम्सालका दुई वृत्तचित्र अमेरिकाको चलचित्र महोत्सवमा
स्रष्टा पुरु लम्सालका दुई वृत्तचित्र अमेरिकाको चलचित्र महोत्सवमा

तपाईंले छुटाउनुभयो कि?