धानमा रोग देखा परेपछि किसान चिन्तामा

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १८, २०७६
|
|
३९ पटक हेरिएको
Shares
धानमा रोग देखा परेपछि किसान चिन्तामा

सारांश

  • जिल्लामा किसानले लगाएको धान बालीमा विभिन्न खाले रोग देखापरेको छ ।
  • धानमा गबारो, ब्लास्ट, खैरारोग देखापरेपछि किसान चिन्तित भएका छन् ।
  • धानमा रोग देखा परेपछि किसान उत्पादन घट्ने चिन्तामा छन् ।

जिल्लामा किसानले लगाएको धान बालीमा विभिन्न खाले रोग देखापरेको छ । धानमा गबारो, ब्लास्ट, खैरारोग देखापरेपछि किसान चिन्तित भएका छन् । धानमा रोग देखा परेपछि किसान उत्पादन घट्ने चिन्तामा छन् ।“गबारो रोगले धान बाली सखाप पार्न थाल्यो”, तुलसीपुर उपमहानगरपालिका–१७ मानपुरका कमला वलीले भन्नुभयो । धान बालीमा रोग देखिएपछि किसान तुलसीपुरका विभिन्न एग्रोभेटमा र कृषि विकास शाखामा समस्या लिएर आउने गरेका छन् । दैनिक ८÷१० जना कृषक धानको बोट बोकेर आउन गरेको तुलसीपुरस्थित एग्रो नेपाल प्रालिका प्राविधिक माधव केसीले जानकारी दिनुभयो ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिका कृषि विकास शाखामा पनि किसान दैनिक यस्तै समस्या लिएर आउने गरेको कृषि प्राविधिक कुलराज चौधरीले जानकारी दिनुभयो । “धेरैजसो किसानको धानमा गबारो, ब्लाष्ट रोग देखा परेको छ”, प्राविधिक चौधरीले भन्नुभयो । जिल्लाका बबई, शान्तिनगर, दङ्गीशरण गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाका विभिन्न ठाउँमा धान बालीमा विभिन्न रोग रोग देखिएको छ । त्यस्तै रोगको प्रकृति हेरेर औषधि प्रयोग गर्न सुझाव दिएको प्राविधिक बताउँछन् । धेरैजसो हाइब्रिड जातको धानमा सो रोग देखापरेको छ । प्राविधिक चौधरीले भन्नुभयो, “यस वर्ष प्राप्त मात्रामा वर्षात् हुन सकेको छैन त्यस कारणले पनि रोगको समस्या देखिएको छ ।”

धान बालीमा लागेको रोग समयमै उपचार गरे हट्ने बताइएको छ । धान बालीमा ब्लास्ट रोगका लागि ‘हेक्जाकोनाजोल’ र गबारोका लागि ‘कोलेरो पाइरिफस्ट’ वा ‘साइपरमेथ्रिन’ साँझ वा बिहान प्रयोग गर्न सल्लाह दिएको प्राविधिक चौधरीले जानकारी दिनुभयो । त्यस्तै मकै बालीमा डाँठ कुहिने रोग देखापरेको छ । धेरैजसो रातो माटो भएको स्थानमा यस्तो समस्या देखिएको बताइएको छ । समाधानका लागि बाली लगाउनुपूर्व माटोको उपचार गर्नुपर्ने प्राविधिकले सुझाव दिएका छन् । जिल्लामा करीब २३ हजार हेक्टरमा मकै बाली र ३६ हजार हेक्टरमा धान खेती गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्यमन्त्रीलाई चेतावनी दिने अधिकार प्रचण्डलाई कसले दियो ?: शेखर कोइराला
मुख्यमन्त्रीलाई चेतावनी दिने अधिकार प्रचण्डलाई कसले दियो ?: शेखर कोइराला
कुहिना तथा घुँडाको कालो दाग हटाउने घरेलु उपाय
कुहिना तथा घुँडाको कालो दाग हटाउने घरेलु उपाय
केटाकेटीलाई जन्ते बार्खो बाँड्दा कसैलाई झोल र कसैलाई टुक्रामात्र पर्न सक्छ : प्रधानमन्त्री ओली
केटाकेटीलाई जन्ते बार्खो बाँड्दा कसैलाई झोल र कसैलाई टुक्रामात्र पर्न सक्छ : प्रधानमन्त्री ओली
प्रभु डिजिटल र एलएनटी नेटको लाइसेन्स खारेज
प्रभु डिजिटल र एलएनटी नेटको लाइसेन्स खारेज
घरमै सुत्केरी हुने दर शून्य
घरमै सुत्केरी हुने दर शून्य
नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह
नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह
उपत्यका र नेपालगन्जलाई अस्वस्थ वायुले एक्कासी कसरी ढाक्यो?
उपत्यका र नेपालगन्जलाई अस्वस्थ वायुले एक्कासी कसरी ढाक्यो?
आज मंगलबार, यस्तो छ तपाईंको राशिफल
आज मंगलबार, यस्तो छ तपाईंको राशिफल
ओलीले नारायण काजीलाइ ‘कहिले हो बाजी मार्ने ?बुढेसकालमा साहारा चाहिन्छ’ भनेपछि..
ओलीले नारायण काजीलाइ ‘कहिले हो बाजी मार्ने ?बुढेसकालमा साहारा चाहिन्छ’ भनेपछि..
प्रचण्डसहित १३ जनाविरुद्ध लडाकु शिविरमा भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी
प्रचण्डसहित १३ जनाविरुद्ध लडाकु शिविरमा भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी