स्रष्टा पुरु लम्सालका दुई वृत्तचित्र अमेरिकाको चलचित्र महोत्सवमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १८, २०८०
|
|
२८ पटक हेरिएको
Shares
स्रष्टा पुरु लम्सालका दुई वृत्तचित्र अमेरिकाको चलचित्र महोत्सवमा

सारांश

  • काठमाडौं ।
  • अमेरिकाको ज्याक्सनमा हुन लागेको चलचित्र महोत्सवमा नुवाकोटका स्रष्टा पुरू लम्सालको लेखन तथा निर्देशन रहेका दुई वृत्तचित्र छनोटमा परेका छन् ।
  • अमेरिकाको ज्याक्सनमा आयोजना हुने चलचित्र महोत्सवमा पुरू लम्सालको लेखन र निर्देशनमा रहेको वृत्तचित्र ‘गोरु पर्व’ र नुवाकोटकै प्रसिद्ध दुप्चेश्वरको जात्रामा आधारित वृत्तचित्र ‘आस्थाको ढुंगा’ अफिसियल छनोटमा परेका हुन् ।

काठमाडौं । अमेरिकाको ज्याक्सनमा हुन लागेको चलचित्र महोत्सवमा नुवाकोटका स्रष्टा पुरू लम्सालको लेखन तथा निर्देशन रहेका दुई वृत्तचित्र छनोटमा परेका छन् ।

अमेरिकाको ज्याक्सनमा आयोजना हुने चलचित्र महोत्सवमा पुरू लम्सालको लेखन र निर्देशनमा रहेको वृत्तचित्र ‘गोरु पर्व’ र नुवाकोटकै प्रसिद्ध दुप्चेश्वरको जात्रामा आधारित वृत्तचित्र ‘आस्थाको ढुंगा’ अफिसियल छनोटमा परेका हुन् । यसअघि महोत्सवमा एउटै लेखकका दुईवटा वृत्तचित्र छनोटमा परेको थिएनन् । यो पहिलो हो ।

सिने मेकर्स प्रालिले यी दुईवटै वृत्तचित्र निर्माण गरेको हो । गोरु पर्वको निर्माता केपी पाठक र निरञ्जन सिग्देल शर्मा हुन् भने आस्थाको ढुंगाको निर्माता रसिक पाठक र सुशीलसिंह ठकुरी रहेका छन् ।

‘गोरु पर्व’को छायांकन रमेश धमला र ज्योति सिंहले गरेका छन् भने सम्पादन लव प्याकुरेलले गरेका हुन् । यस्तै ‘आस्थाको ढुंगा’को छायांकन रमेश धमला र वैकुण्ठ गौतमले गरेका छन् भने सम्पादन आशिष डंगोल र शिव पुरीले गरेका हुन् ।

पुरु लम्साल मूलत लेखक, नाट्यकर्मी तथा निर्देशक हुन् । उनका नाटक, कविता र गजल सहित लगभग एक दर्जन पुस्तक प्रकाशित छन् । साथै आधा दर्जन वृत्तचित्रकाे लेखन नर्देशन गरिसकेका छन् । लम्सालकाे कवि तथा गीतकार हरिभक्त कटुवाल माथी निर्मित वृत्तचित्र अनि हरिभक्त फर्किएनन् बहुचर्चित वृत्तचित्र हाे । लम्साल नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठनका प्राज्ञ समेत हुन् ।

(mclaneedgers.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेरो कुनै गल्ती छैन, म डराउँदिन : नेका नेत्री देउवा
मेरो कुनै गल्ती छैन, म डराउँदिन : नेका नेत्री देउवा
नर्भिकले १०० शैयायुक्त छुट्टै भवन बनाउने, दक्षिण–पूर्वी एशियाकै उत्कृष्ट बन्ने !
नर्भिकले १०० शैयायुक्त छुट्टै भवन बनाउने, दक्षिण–पूर्वी एशियाकै उत्कृष्ट बन्ने !
सुनको मुल्य आज १ हजारले घट्यो
सुनको मुल्य आज १ हजारले घट्यो
प्रहरी अधिकृतहरूलाई  दर्ज्यानी चिन्ह प्रदान
प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान
मुलुकी देवानी र फौजदारी संहिताबारे मोहनविक्रम सिंहका १० सुझाव
मुलुकी देवानी र फौजदारी संहिताबारे मोहनविक्रम सिंहका १० सुझाव
राष्ट्र विखण्डनको आवाज उठ्दा प्रधानमन्त्रीको मौनता र निरिहता दुर्भाग्यपूर्णः कमल थापा
राष्ट्र विखण्डनको आवाज उठ्दा प्रधानमन्त्रीको मौनता र निरिहता दुर्भाग्यपूर्णः कमल थापा
सेनाका दुई कर्णेल पक्राउ, रासन अनियमितताको अभियोगमा सैनिक हिरासतमा
सेनाका दुई कर्णेल पक्राउ, रासन अनियमितताको अभियोगमा सैनिक हिरासतमा
अारजु राणादेखि पम्फा भुसालसम्मः महिला उम्मेदवारविरुद्ध कडा प्रतिस्पर्धी
अारजु राणादेखि पम्फा भुसालसम्मः महिला उम्मेदवारविरुद्ध कडा प्रतिस्पर्धी
६९४ जना सुरक्षाकर्मीलाई कोराना संक्रमण
६९४ जना सुरक्षाकर्मीलाई कोराना संक्रमण
बसको ठक्करबाट वृद्वाको मृत्यु
बसको ठक्करबाट वृद्वाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?