सरकारले भोलि र पर्सि २ दिन काठमाडौं उपत्यकाबाट बाहिर जान दिने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २७, २०७६
|
|
१९ पटक हेरिएको
Shares
सरकारले भोलि र पर्सि २ दिन काठमाडौं उपत्यकाबाट बाहिर जान दिने

सारांश

  • काठमाडौं ।
  • सरकारले लकडाउनका कारण काठमाडौंबाट भोलि र पर्सि बाहिर जान दिने भएको छ ।
  • कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैठकले काठमाडौं उपत्यकामा अलपत्र परेकालाई बाहिर जान दिने निर्णय गरेको हो ।

काठमाडौं । सरकारले लकडाउनका कारण काठमाडौंबाट भोलि र पर्सि बाहिर जान दिने भएको छ । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैठकले काठमाडौं उपत्यकामा अलपत्र परेकालाई बाहिर जान दिने निर्णय गरेको हो । तर, उपत्यका बाहिरबाट भने काठमाडौं आउन दिइने छैन।

विश्वभरी कोरोना महामारीका रुपमा फैलिए पछि चैत्र ११ बाट लागुहुने गरी नेपाल सरकारले लकडाउन गरेको थियो । १ साताका लागि लगाइएको लकडाउन बढेर ३ साता पु¥याइएको छ । सरकारले गरेको निर्णय अनुसार लकडाउन खुल्ने समयावधि भनेको बैसाख ३ गते हो ।

लकडाउन लम्बिएपछि कतिपय मानिसहरु हिँडेरै गाउँ फर्किन थालेका छन् । विद्यार्थी तथा अनौपचारिक क्षेत्रमा काम गर्नेहरु गाउँ फर्किन चाहेकाले उनिहरुका लागि सहज गाराइदिएको समाचार स्रोतले बताएको छ ।

समाचार स्रोतका अनुसार काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई राजमार्गका विभिन्न स्टेशनहरुमा पुर्‍याइदिने निर्णय भएको छ ।

छोटो दुरीको हकमा कसरी जान दिने भन्ने बारे गृहमन्त्रालयमा गृहकार्य भइरहेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?