मध्यरातमा राजपा र समाजवादी पार्टीबीच एकता (सहमति पत्रसहित)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ११, २०७७
|
|
२६ पटक हेरिएको
Shares
मध्यरातमा राजपा र समाजवादी पार्टीबीच एकता (सहमति पत्रसहित)

सारांश

  • काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधबार राति एकता भएको छ।
  • पार्टी एकतापछि नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ।
  • त्यस्तै एकिकृत पार्टीको झण्डा समाजवादी पार्टीको राख्ने सहमति गरिएको छ।
rajapa_20200422174924.jpg

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधबार राति एकता भएको छ। पार्टी एकतापछि नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ।

त्यस्तै एकिकृत पार्टीको झण्डा समाजवादी पार्टीको राख्ने सहमति गरिएको छ। त्यसैगरि चुनाव चिन्ह भने राजपा नेपालले प्रयोग गर्ने छातालाई राख्ने सहमति गरिएको छ।

राजपाबाट महन्थ, ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरत सिंह भण्डारी र समाजवादी पार्टीबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

पार्टी विभाजनलाई सहज बनाउन सरकारले युद्धस्तरमा सोमबार अध्यादेश जारी गरेपछि समाजवादी फुट्ने अनुमान गरिएका बेला समाजवादी र जनता पार्टीबीच रातारात एकता भएपछि राष्ट्रिय राजनीतिक फेरि तरंगित भएको छ। समाजवादीलाई फुटाएर आफू बलियो र सुरक्षित हुने प्रधानमन्‍त्री केपी ओलीको योजना असफल भएको छ।

rajapa1_20200422175039.jpg

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?