नेपालमै बन्यो कोरोनाको औषधी !

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १७, २०७७
|
|
३४ पटक हेरिएको
Shares
नेपालमै बन्यो कोरोनाको औषधी !

सारांश

  • हेटौंडा।
  • कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मुल गर्ने औषधी तयार गरेको दाबी गरेका छन्।
  • प्राध्यापक डा.

हेटौंडा। कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मुल गर्ने औषधी तयार गरेको दाबी गरेका छन्।

प्राध्यापक डा. ललितकुमार दासले विभिन्न स्वास्थ्यवद्र्धक जडिबुटीको सम्मिश्रणबाट त्यस्तो औषधीको निर्माण गरेको दाबी गर्दै राससलाई बताएका हुन्। भारतको बनारस हिन्दु विश्वविद्यालयबाट फाइटो केमेस्ट्रीमा पिएचडी उपाधि हासिल गरेका डा. दासले करिब २५ दिनदेखि आफ्नो प्रयोगशालामा केही एन्टीअक्सिडेन्ट याक्टिभिटी र इन्जीमेटिक याक्सन भएको प्लान्ट लिएर शोध गरी सो औषधी तयार गरेको जानकारी गराए।

वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा यसको थप परीक्षणका लागि चाहिने सुविधा नभएको बताउँदैै डा. दासले सरोकारवालासँग सहयोगको आव्हान समेत गरेका छन्। उनले कोरोना भाइरसको औषधी निर्माण गर्न कडा मेहनत गरेको र यस क्रममा विभिन्न निर्दे्शिकाहरू अनुरुप काम गरेको दाबी पनि गरे।

यसअघि उनले जडीबुटीमा आधारित हर्वल स्यानिटाइजर बनाएका थिए। अध्ययन संस्थानका प्रमुख विजय यादवलगायतका वैज्ञानिक र रसायनविज्ञहरू बुधबार उनले अनुसन्धान गरेकोे प्रयोगशालामा पुगेर जानकारी समेत लिएका छन्।

चीन, जर्मनी, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, फ्रान्स र क्यानाडा लगायतका दर्जनौं मुलुकमा कोरोनाको उपचार पद्धति र औषधीको खोजी भइरहेको तर सफलता हासिल नभइसकेको अवस्थामा नेपालका वैज्ञानिकले तयार गरेको यो औषधीको थप परीक्षण हुन बाँकी नै छ। नेपाल सरकार, विश्वविद्यालयहरू तथा विश्व स्वास्थ्य सङ्गठनजस्ता अधिकारिक निकायले आवश्यक परीक्षणको व्यवस्था गरेमा यसको प्रभावकारिताबारे निस्कर्षमा पुग्न सकिनेछ। डा. दासको दाबीलाई पुष्टि गर्न धेरै चरण पार गर्नुपर्ने छ।

विगत २२ वर्षदेखि अनुसन्धान र अध्यापनमा संलग्न डा दास बागमती प्रदेशको केमिकल सोसाइटीका उपाध्यक्ष समेत हुन्।

(https://nelsonjsalon.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँ ल्याइयो ज्यान गुमाएका ६ जनाको शव
काठमाडौँ ल्याइयो ज्यान गुमाएका ६ जनाको शव
बुद्ध एयरले जेठ १३ देखि कोलकाता उडान गर्ने
बुद्ध एयरले जेठ १३ देखि कोलकाता उडान गर्ने
कृषि पेशाले धानको जीवन
कृषि पेशाले धानको जीवन
वाम गठबन्धनका साझा उम्मेदवार शिवपुजनको उम्मेदवारी खारेज हुने या नहुने फैसला आज हुँदै !
वाम गठबन्धनका साझा उम्मेदवार शिवपुजनको उम्मेदवारी खारेज हुने या नहुने फैसला आज हुँदै !
“कर्णाली प्रदेश” नामकरण गर्ने प्रदेशसभाको निर्णय विवादित, अलग प्रदेशको माग
“कर्णाली प्रदेश” नामकरण गर्ने प्रदेशसभाको निर्णय विवादित, अलग प्रदेशको माग
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६, ७ र ८ बाट उम्मेदवारहरुको नाम सिफारिस (नामावली सहित)
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६, ७ र ८ बाट उम्मेदवारहरुको नाम सिफारिस (नामावली सहित)
जुम्ला वाम गठबन्धनको कब्जामा, प्रत्येक्षतर्फका सबै उम्मेदवार विजयी
जुम्ला वाम गठबन्धनको कब्जामा, प्रत्येक्षतर्फका सबै उम्मेदवार विजयी
सिके राउतका ३ जना कार्यकर्तालाई प्रहरीले पक्राउ
सिके राउतका ३ जना कार्यकर्तालाई प्रहरीले पक्राउ
गैँडाको बासस्थान र प्रजननका लागि उपयुक्त ज्ञानेश्वर ‘ब्लक’
गैँडाको बासस्थान र प्रजननका लागि उपयुक्त ज्ञानेश्वर ‘ब्लक’
सुरक्षित मानिएको गाजाको रफाह शहरमा पनि भीषण बमबारी, १३५ जनाको मृत्यु
सुरक्षित मानिएको गाजाको रफाह शहरमा पनि भीषण बमबारी, १३५ जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?