जुम्ला वाम गठबन्धनको कब्जामा, प्रत्येक्षतर्फका सबै उम्मेदवार विजयी
सारांश
- संघ र प्रदेशसभाको निर्वाचनमा प्रत्येक्षतर्फ जुम्लामा सबै वाम गठबन्धन उम्मेदवार विजयी भएका छन् ।
- प्रतिनिधिसभातर्फ वाम गठबन्धन माओवादी केन्द्रका उम्मेदवार गजेन्द्रबहादुर महत भारी मतले विजयी भएसँगै जुम्ला वाम गठबन्धनले कब्जामा गरेको हो ।
- विजयी उम्मेदवार महतले ८ हजार २४ मतान्तरले उनीका निकटका प्रतिद्वन्द्वी कांग्रेसका देबेन्द्रबहादुर शाहीलाई पराजित भएका छन् ।
संघ र प्रदेशसभाको निर्वाचनमा प्रत्येक्षतर्फ जुम्लामा सबै वाम गठबन्धन उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभातर्फ वाम गठबन्धन माओवादी केन्द्रका उम्मेदवार गजेन्द्रबहादुर महत भारी मतले विजयी भएसँगै जुम्ला वाम गठबन्धनले कब्जामा गरेको हो ।
विजयी उम्मेदवार महतले ८ हजार २४ मतान्तरले उनीका निकटका प्रतिद्वन्द्वी कांग्रेसका देबेन्द्रबहादुर शाहीलाई पराजित भएका छन् । महतले २२ हजार १ सय ७३ मत प्राप्त गरेका छन् भने त्यस्तै उनका प्रतिद्वन्दी शाहीले १४ हजार १ सय ४९ मत प्राप्त गरेका थिए । विजयी उम्मेदवार महत २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा भने पराजित भएका थिए ।
प्रदेश नम्बर ६ मा मुख्य मन्त्रीको दावी गर्दै आएका बामगठवन्धनका उम्मेदवार नरेश भण्डारीले १२ हजार ५ सय ७४ मत प्राप्त गरी बिजयी भएका छन् । भण्डारीका प्रतिदोन्दी नेपाली काँग्रेसका राजुसिंह कठायतलाई ४ हजार ३९ मत मतान्त्रर गरेर विजयी भएका छन् भने पराजित कडायतले ८ हजार ५ सय ३४ मत प्राप्त गरे । २०६४ सालको संविधान सभाको पहिलो निर्वाचनमा भण्डारीले करिव २५ हजार मत ल्याएर विजयी भएका थिए भने २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा उनले निर्वाचन बहिष्कार गरेका थिए
त्यसैगरी प्रदेश सभाको निर्वाचन क्षेत्र नम्वर (ख) बाट वामगठवन्धनको तर्फका नेकपा एमालेका पदमवहादुर रोकाया भारी मतका साथ विजयी भएका छन् । उनले निकटतम प्रतिद्धन्द्धी नेपाली काग्रेसका भिमनिधि हमाललाई ५ हजार एक सय ७८ मतले पछि पार्दै विजयी भएका हुन् । विजयी रोकायाले १० हजार ४ सय ५८ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका हमालले ५ हजार २ सय ८० मत प्राप्त गरेका थिए । जुम्लामा ५९ हजार ५८ मत मध्ये ४१ हजार ५ सय ८० मत खसेको थियो भने १ हजार ७ सय २५ मत बदर भएको थियो ।
प्रतिक्रिया