दिग्गज अभिनेता ऋषि कपूर पनि रहेनन्
सारांश
- काठमाडौं।
- बलिउडमा एकपछि अर्को ठूलो धक्का लागेको छ ।
- चर्चित अभिनेता इरफान खानको निधन भएको भोलिपल्दै अर्का दिग्गज अभिनेता ऋषि कपूरको पनि निधन भएको छ ।
काठमाडौं। बलिउडमा एकपछि अर्को ठूलो धक्का लागेको छ । चर्चित अभिनेता इरफान खानको निधन भएको भोलिपल्दै अर्का दिग्गज अभिनेता ऋषि कपूरको पनि निधन भएको छ । अस्पताल भर्ना भएका ऋषि कपूरको निधन भएको बलिउडका महानायक तथा ऋषिका मित्र अमिताभ बच्चनले जानकारी दिएका छन् ।
उनको गएराती निधन भएको अमिताभले लेखेका छन् । अमिताभले लेखेका छन् ‘ऊ गयो । ऋषि कपूर गए । भर्खरै उनको निधन भयो । म टुटेको छु । कपूर परिवारबाट रणधीर कपूरले ऋषिको निधनको खबरको पुष्टि गरेका छन् ।’ ऋषि बुधबार एनएच रिलायन्स अस्पतालमा भना भएका थिए । दाजु रणधीरका अनुसार उनलाई सास फेर्न समस्या भएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया