भीम रावल र विष्णु रिमालबीचको विवाद छताछुल्ल

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ३१, २०७७
|
|
२३ पटक हेरिएको
Shares
भीम रावल र विष्णु रिमालबीचको विवाद छताछुल्ल

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीका दुई नेताबीचको विवाद छताछुल्ल भएको छ ।
  • आज नेकपा स्थायी कमिटिको बैठक स्थगित हुनुमा भीम रावल कहाँ खटाइएका सशस्त्र प्रहरी जवानलाई कोरोना भाइरसको पुष्टि हुनु रहेको भन्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले बोलेपछि विवाद बाहिर आएको हो ।
  • उज्यालो रेडियो नेटवर्कसँग रिमालले स्थायी कमिटि बैठक स्थगित हुनुको कारण रावल कहाँ खटाइएका एक प्रहरीमा कोरोना संक्रमण भएको कारण भनी बोलेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीका दुई नेताबीचको विवाद छताछुल्ल भएको छ । आज नेकपा स्थायी कमिटिको बैठक स्थगित हुनुमा भीम रावल कहाँ खटाइएका सशस्त्र प्रहरी जवानलाई कोरोना भाइरसको पुष्टि हुनु रहेको भन्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले बोलेपछि विवाद बाहिर आएको हो ।

उज्यालो रेडियो नेटवर्कसँग रिमालले स्थायी कमिटि बैठक स्थगित हुनुको कारण रावल कहाँ खटाइएका एक प्रहरीमा कोरोना संक्रमण भएको कारण भनी बोलेका थिए । लगत्तै रावलले ट्वटी गर्दै यस्तै मती र बुद्धिले समस्या बढेको टिप्पणी गरेका छन् । रावल र रिमालबीच लामो समययता विवाद छ । तर, यो बाहिर आएको थिएन । रावल प्रधानमन्त्री केपी शर्मा ओलीका कटु आलोचक हुन् ।

यसअघि रावलले ट्वीट गर्दै सबै स्थायी कमिटि सदस्यहरुको पीसीआर परीक्षण नभएकाले बैठक स्थगित गरियो भन्नु षड्यन्त्रकारी राजनीति हो भनी उल्लेख गरेका थिए ।

यसअघि आज विहान बस्ने तय भएको नेकपा स्थायी कमिटि बैठक स्थगित भएको थियो । स्थायी कमिटि सदस्य मणि थापाका अनुसार सबै स्थायी समिति सदस्यहरुको कोरोना टेष्ट गरेपछि मात्र बैठक राकिनेछ । अर्का स्थायी कमिटि सदस्य टोपबहादुर रायमाझीले केही स्थायी कमिटि सदस्यको कोरोना टेष्ट हुन बाँकी रहेकाले पनि बैठक स्थगित भएको बताएका थिए ।

स्थायी कमिटि सदस्य भीम रावलका सुरक्षागार्डलाई कोरोना भाइरसको संक्रमणभएलगत्तै बैठक स्थगितको मुख्य कारण देखाइएको छ । भक्तपुर दुवाकोटमा अस्थायी रुपमा बस्दै आएका २७ वर्षीय सशस्त्र प्रहरी जवानको हिजो कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । उनी रावलका सुरक्षामा खटिएको टोलीमा रहेको खुलेको थियो । तर, रावलले उनी एक महिनायता श्रीमती सुत्केरी भएर घरबिदामा बसेको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीले २ बजेपछि मात्रै मतदान गर्
ओलीले २ बजेपछि मात्रै मतदान गर्
‘भ्युटावर’ हेर्न गएका तारणी ५४ दिनदेखि सम्पर्कविहीन
‘भ्युटावर’ हेर्न गएका तारणी ५४ दिनदेखि सम्पर्कविहीन
अमेरिकी कम्पनीमा ठूलो संख्यामा रोबोटको प्रयोग
अमेरिकी कम्पनीमा ठूलो संख्यामा रोबोटको प्रयोग
प्रतिनिधिसभा विघटनको सिफारिस संविधानको अक्षर, मर्म र भावना विपरीत छ : कांग्रेस
लामो समय नेपाली चलचित्रबाट टाढा रहेका अभिनेत्रीहरुको ‘कमब्याक’
लामो समय नेपाली चलचित्रबाट टाढा रहेका अभिनेत्रीहरुको ‘कमब्याक’
यौन हिंशाको आरोपमा मन्त्रीका सल्लाहकार पक्राउ
यौन हिंशाको आरोपमा मन्त्रीका सल्लाहकार पक्राउ
आयोगले प्रधानमन्त्रीलाई बुझायो मिटरब्याजसम्बन्धी प्रतिवेदन
आयोगले प्रधानमन्त्रीलाई बुझायो मिटरब्याजसम्बन्धी प्रतिवेदन
सत्ताइस जिल्लाका स्थानीय तहको मतपरिणाम घोषणा
सत्ताइस जिल्लाका स्थानीय तहको मतपरिणाम घोषणा
सुविनकाे ‘समर लभ’ पर्दामा, पहिलाे पाेष्टर सार्वजनिक
सुविनकाे ‘समर लभ’ पर्दामा, पहिलाे पाेष्टर सार्वजनिक
कांग्रेस खुम्चिएर माइतीघर भन्दा बाहिर आमसभा गर्न-नसक्ने अवस्थामा पुग्छ: प्रधानमन्त्री ओली

तपाईंले छुटाउनुभयो कि?