संघीय संसद भवनको प्रधानमन्त्रीद्वारा शिल्यान्यास

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १, २०७६
|
|
१९ पटक हेरिएको
Shares
संघीय संसद भवनको प्रधानमन्त्रीद्वारा शिल्यान्यास

सारांश

  • काठमाडौं।
  • सिंहदरबारभित्र संघीय संसदको भवनको शिलान्यास गरिएको छ।
  • इन्टरनेशनल स्टेट अफ द आर्टको मोडलमा बनाउन लागिएको संघीय संसद भवनको बुधबार सिंहदरबारभित्र पुतली बगैचामा विशेष कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका हुन्।

काठमाडौं। सिंहदरबारभित्र संघीय संसदको भवनको शिलान्यास गरिएको छ।
इन्टरनेशनल स्टेट अफ द आर्टको मोडलमा बनाउन लागिएको संघीय संसद भवनको बुधबार सिंहदरबारभित्र पुतली बगैचामा विशेष कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका हुन्। संघीय संसद भवन १ सय ७३ रोपनी ८ आना क्षेत्रफलमा बनाउन लागिएको संघीय संसद भवनको निर्माण लागत अनुमान ७ अर्ब ७३ करोड ५२ लाख ४ हजार ७ सय ३१ रुपैयाँ रहेको छ। मूल्यबृद्धि र विभिन्न कन्टिजेन्सी सहित बजेट व्यवस्थापन प्रयोजनका लागि सम्पुर्ण निर्माण कार्यको लागत भने करिब ९ अर्ब ६० करोड रहेको छ।

कार्यक्रममा शहरी विकास मन्त्री मोहमद इस्तियाक राईले संघीय ससद भवन निर्धारित समयमै सम्पन्न गरिने प्रतिवद्धता जनाए। संघीय संसद भवन परिसरभित्र प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, कमन लबि,अति विशिष्ट व्यक्तिहरुको लागि कार्यालय भवन, पुस्तकालय र संग्राहलय, संसदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन, चमेना गृह, प्रेस÷छपाई भवन र ७ सय वटा सवारी साधन पार्किङ एवं सुरक्षाकर्मीको भवन बन्ने छन्। परिसर भित्रका भवनहरु ३ देखि ५ तलाका सम्म निर्माण गरिनेछ। प्रतिनिधिसभाको भवन ४ सय सिट क्षमताको र राष्ट्रियसभाको भवन १ सय सिट क्षमताको बन्नेछन्।

संसद भवन परिषरलाई भवन क्षेत्र, खुल्ला, हरियाली क्षेत्र र पार्किङ्ग क्षेत्र तथा सडक पूर्वाधार क्षेत्र गरि तीन वटा क्षेत्रमा विभाजन गरिएको छ । भवनले २७, खुल्ला हरियाली क्षेत्रले ४५ र २८ प्रतिशत क्षेत्रफल सडक पूर्वाधारले ओगटेको हुने छ। परिसरको मूल ढोका दक्षिणतर्फ रहने छ। उत्तर पश्चिमको गेटबाट सांसदहरुलाई प्रवेश गराईने छ भने दक्षिण पुर्वमा कर्मचारी तथा सर्वसाधरण प्रवेशको लागि गेट रहने छ। सबै गेटमा जाँचका लागि आधुनिक सुरक्षा प्रविधि जडान गरिएको हुनेछ।

संसदको आफ्नै भवन नहँुदा अन्तराष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिई संघीय संसदका दुवै सदनको बैठक संञ्चालन हुदै आएको छ। सचिवालय र समितिका बैठकहरु भने सिंहदरबारभित्र सञ्चालन हुदै आएका छन्। नयाँ भवन निर्माण सम्पन्न भएपछि संघीय संसदका आवश्यक सम्पूर्ण कार्यालयहरु एकै स्थानमा व्यवस्थित ढंगले हुने छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?