काठमाडौँमा सबैको कोरोना परीक्षण गरिने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १, २०७७
|
|
४२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं उपत्यकामा सर्वसाधारण सबैको कोरोना भाइरस परीक्षण गरिने भएको छ ।
  • पहिलो चरणमा स्वयंसेवक, तरकारी व्यापारी, पत्रकार, सुरक्षाकर्मी लगायतको कोरोना परीक्षण गर्ने तयारी भइरहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए ।
  • महानिर्देशक श्रेष्ठका अनुसार सर्वसाधारणको आजै (बिहीबार) देखि नै कोरोना परीक्षण थालिनेछ ।

काठमाडौं उपत्यकामा सर्वसाधारण सबैको कोरोना भाइरस परीक्षण गरिने भएको छ । पहिलो चरणमा स्वयंसेवक, तरकारी व्यापारी, पत्रकार, सुरक्षाकर्मी लगायतको कोरोना परीक्षण गर्ने तयारी भइरहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

महानिर्देशक श्रेष्ठका अनुसार सर्वसाधारणको आजै (बिहीबार) देखि नै कोरोना परीक्षण थालिनेछ । शुरुमा कालीमाटी फलफूल तथा तरकारी बजारमा रहेका व्यापारीको परीक्षण गर्ने तयारी भइरहेको उनकोे भनाई छ ।

‘काठमाडौंमा १० हजार जनाको परीक्षणको तयारी गरेका छौं’ श्रेष्ठले भने ‘परीक्षणमा यदि कसैलाई पोजेटिभ देखिए उसको ‘कन्ट्याक ट्रेसिङ’ गरेर पीसीआर गरिनेछ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?