काठमाडौँमा सबैको कोरोना परीक्षण गरिने
सारांश
- काठमाडौं उपत्यकामा सर्वसाधारण सबैको कोरोना भाइरस परीक्षण गरिने भएको छ ।
- पहिलो चरणमा स्वयंसेवक, तरकारी व्यापारी, पत्रकार, सुरक्षाकर्मी लगायतको कोरोना परीक्षण गर्ने तयारी भइरहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए ।
- महानिर्देशक श्रेष्ठका अनुसार सर्वसाधारणको आजै (बिहीबार) देखि नै कोरोना परीक्षण थालिनेछ ।
काठमाडौं उपत्यकामा सर्वसाधारण सबैको कोरोना भाइरस परीक्षण गरिने भएको छ । पहिलो चरणमा स्वयंसेवक, तरकारी व्यापारी, पत्रकार, सुरक्षाकर्मी लगायतको कोरोना परीक्षण गर्ने तयारी भइरहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए ।
महानिर्देशक श्रेष्ठका अनुसार सर्वसाधारणको आजै (बिहीबार) देखि नै कोरोना परीक्षण थालिनेछ । शुरुमा कालीमाटी फलफूल तथा तरकारी बजारमा रहेका व्यापारीको परीक्षण गर्ने तयारी भइरहेको उनकोे भनाई छ ।
‘काठमाडौंमा १० हजार जनाको परीक्षणको तयारी गरेका छौं’ श्रेष्ठले भने ‘परीक्षणमा यदि कसैलाई पोजेटिभ देखिए उसको ‘कन्ट्याक ट्रेसिङ’ गरेर पीसीआर गरिनेछ ।’
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया