चर्को विरोधपछि पूर्वराजालाई काठमाडौँ आउन सवारी पास

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २, २०७७
|
|
१६ पटक हेरिएको
Shares
चर्को विरोधपछि पूर्वराजालाई काठमाडौँ आउन सवारी पास

सारांश

  • सामाजिक सञ्जाल र आम नागरिकवृत्तबाट चर्काे विरोध भएपछि गृहमन्त्रालयले पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमललाई झापाबाट काठमाडौँ आउनका लागि सवारी पास उपलब्ध गराएको छ ।
  • बिहीबार सवारी पास जारी गरिएको केही घण्टामै गृहमन्त्रालयको निर्देशनमा झापाका प्रमुख जिल्ला अधिकारीले उक्त पास रद्ध गरेका थिए र त्यसको सामाजिक सञ्जालमार्फत आम नागरिहरुले चर्काे विरोधका साथ सरकारको आलोचना गरेका थिए ।
  • बिहीबार अवेर राति नै फेरि गृहमन्त्रालयले सवारी पास दिने निर्णय गरेको बुझिएको छ ।

सामाजिक सञ्जाल र आम नागरिकवृत्तबाट चर्काे विरोध भएपछि गृहमन्त्रालयले पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमललाई झापाबाट काठमाडौँ आउनका लागि सवारी पास उपलब्ध गराएको छ । बिहीबार सवारी पास जारी गरिएको केही घण्टामै गृहमन्त्रालयको निर्देशनमा झापाका प्रमुख जिल्ला अधिकारीले उक्त पास रद्ध गरेका थिए र त्यसको सामाजिक सञ्जालमार्फत आम नागरिहरुले चर्काे विरोधका साथ सरकारको आलोचना गरेका थिए ।

बिहीबार अवेर राति नै फेरि गृहमन्त्रालयले सवारी पास दिने निर्णय गरेको बुझिएको छ । पूर्वराजदम्पत्ती आफ्ना सहायक र सुरक्षा टोलीसहित शुक्रबार बिहान साढे आठ बजे दमकस्थित हिमालयन टी गार्डेनबाट काठमाडौँ प्रस्थान गरेका छन् । झण्डै दुई महिना अघि झापा गएका पूर्व राजा लकडाउनका कारण त्यहाँ रहन बाध्य रहेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?