हिमालयन ट्राभल मार्टमा २५ देशको प्रतिनिधित्व हुने

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २१, २०८०
|
|
२६ पटक हेरिएको
Shares
हिमालयन ट्राभल मार्टमा २५ देशको प्रतिनिधित्व हुने

सारांश

  • काठमाडौँ ।
  • पर्यटन प्रबर्द्धनका लागि यही जेठ २३ देखि २६ सम्म काठमाडौँमा हिमालयन ट्राभल मार्ट आयोजना हुने भएको छ ।
  • प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा)नेपाल च्याप्टरको आयोजनामा चौथो संस्करणको मार्ट आयोजना हुन लागेको हो ।

काठमाडौँ । पर्यटन प्रबर्द्धनका लागि यही जेठ २३ देखि २६ सम्म काठमाडौँमा हिमालयन ट्राभल मार्ट आयोजना हुने भएको छ । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा)नेपाल च्याप्टरको आयोजनामा चौथो संस्करणको मार्ट आयोजना हुन लागेको हो ।

मार्टको सम्पूर्ण तयारी पूरा भएको पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशसिंह बुडालले जानकारी दिए । उनका अनुसार मार्टमा २५ देशका चार सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ । जसमा ५० क्रेता र ५० बिक्रेताले सहभागिता जनाउनेछन् । मार्टमा विभिन्न विधामा १५ भन्दा बढी वक्ताले प्रस्तुति दिनेछन् ।

कोरोनापछिको पर्यटन पुनरुत्थान अभियानलाई सहयोग पु¥याउनुका साथै मुलुकमा सञ्चालनमा आएका गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सक्रिय रुपमा सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यले विशेष सत्र सञ्चालन हुने सिइओ बुडालको भनाइ छ ।

“दुई अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन कसरी प्रभावकारी बनाउने भन्ने विषयमा सम्बन्धित क्षेत्रका विज्ञलाई बोलाएर छलफल तथा रायसुझाव लिइनेछ”, उनले भने ।

‘रि–कनेक्टिङ, रि–बिल्डिङ र रि–इन्भिगोरेटिङ’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको मार्ट अन्तरदेशीय पर्यटन प्रवद्र्धन र सम्भावित बजारमा प्याकेज बिक्री वितरणमा उपयोगी हुने विश्वास लिइएको छ ।

मार्टको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ । देशकै प्रमुख अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाका रुपमा स्थापित मार्टले पुनरुत्थानको दिशामा अघि बढेको मुलुकको पर्यटन क्षेत्रलाई थप गतिशिल बनाउन तथा हिमालय क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि मद्दत पुग्ने विश्वास लिइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, पाटा अन्तर्राष्ट्रियलगायत पर्यटन क्षेत्रका विभिन्न सङ्घ–संस्थाको विशेष सहयोग तथा सहकार्यमा मार्ट आयोजना गर्न लागिएको हो ।

सन् २०१७ देखि २०१९ सम्म वार्षिकरुपमा आयोजना हँुदै आएको मार्ट कोभिड–१९ महामारीका कारण सन् २०१९ पश्चात आयोजना हुन नसकेको थिएन ।

नेपाललाई विश्वसामु ‘हिमालय प्रवेशद्वार’ साहसिक पर्यटनको केन्द्र तथा सबल पर्यटन मैत्री गन्तव्यको बलियो ब्राण्डका रुपमा स्थापित गर्ने प्रमुख उद्देश्यका साथ हरेक वर्ष मार्ट आयोजना हुँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकाको आक्रमणबाट इरानी कुद्स फोर्सका प्रमुख मारिए
अमेरिकाको आक्रमणबाट इरानी कुद्स फोर्सका प्रमुख मारिए
‘कसरी गठबन्धन तोड्ने त ?’  प्रचण्डले सोधे , ‘लौ, उपाय बताउनुस्’ भन्दा अमरेश भए अक्क न बक्क।
‘कसरी गठबन्धन तोड्ने त ?’ प्रचण्डले सोधे , ‘लौ, उपाय बताउनुस्’ भन्दा अमरेश भए अक्क न बक्क।
विध्वंशात्मक तुल्याउने प्रकारका सूचना प्रवाह नगर्नुहोस्ः सभामुख महरा
विध्वंशात्मक तुल्याउने प्रकारका सूचना प्रवाह नगर्नुहोस्ः सभामुख महरा
सामुदायिक वनमा  वाघ खोज्न सिटिटिभि क्यामेरा जडान……..
सामुदायिक वनमा वाघ खोज्न सिटिटिभि क्यामेरा जडान……..
‘माथिल्लो कर्णालीबाट जलाधार क्षेत्रका जनताले अधिक लाभ पाउनुपर्छ’
हुम्ला दुर्घटना (अपडेट): स्वास्थ्य परीक्षणपछि सबै डिस्चार्ज
हुम्ला दुर्घटना (अपडेट): स्वास्थ्य परीक्षणपछि सबै डिस्चार्ज
ओली र प्रचण्डबीचको सहमति पछि नेकपामा एकताले पायो सार्थकता
ओली र प्रचण्डबीचको सहमति पछि नेकपामा एकताले पायो सार्थकता
चितवन–२ मा चैत २० गते उम्मेदवारी दर्ता हुने
चितवन–२ मा चैत २० गते उम्मेदवारी दर्ता हुने
राप्रपा संयुक्तको केन्द्रीय कार्यसमितिको बैठक बिहीबार
राप्रपा संयुक्तको केन्द्रीय कार्यसमितिको बैठक बिहीबार
३३ किलो सुनकाण्डका अभियुक्तसँग प्रहरी ‘प्रमुख’को गोप्य भेट!
३३ किलो सुनकाण्डका अभियुक्तसँग प्रहरी ‘प्रमुख’को गोप्य भेट!

तपाईंले छुटाउनुभयो कि?