‘हाम्रो सहर कति राम्रो !’

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ४, २०७४
|
|
२७ पटक हेरिएको
Shares
‘हाम्रो सहर कति राम्रो !’

सारांश

  • श्रावण ४, २०७४- विश्व सम्पदा सूचीमा परेका थोरै ठाउँमध्ये बौद्ध स्तूपा पनि एक हो ।
  • उक्त स्तूपा हेर्न बौद्धमार्गीहरू मात्र होइन, देश/विदेशका हजारौं पर्यटक आउने गर्छन् ।
  • भूकम्पले भत्काएको स्तूपा त सबैभन्दा पहिले पुनर्निर्माण भई स्याबासी पाइसक्यो ।

श्रावण ४, २०७४- विश्व सम्पदा सूचीमा परेका थोरै ठाउँमध्ये बौद्ध स्तूपा पनि एक हो । उक्त स्तूपा हेर्न बौद्धमार्गीहरू मात्र होइन, देश/विदेशका हजारौं पर्यटक आउने गर्छन् । भूकम्पले भत्काएको स्तूपा त सबैभन्दा पहिले पुनर्निर्माण भई स्याबासी पाइसक्यो । अहिले स्तूपामा गुनासो गर्ने कुनै ठाउँ छैन । तर स्तूपा हेर्न जाने सडकको जति गुनासो गरे पनि कम हुन्छ ।

बौद्ध–जोरपाटीको सडकको अवस्था कस्तो छ ? भन्ने कुरा जान्न मुलुकका कार्यकारी प्रमुख प्रधानमन्त्री शेरबहादुर देउवाज्यूलाई कम्तीमा एकपटक उक्त ठाउँ आएर हेरिदिन अनुरोध गर्न चाहन्छौं । बालुवाटारबाट बौद्ध ५ किलोमिटर मात्र टाढा छ । अहिले चाबहिल–बौद्ध–जोरपाटीको सडक खोलाको बगरझैं भएको छ । करिब ४ किलोमिटरको उक्त सडक पार गर्न कम्तीमा १ घन्टा लाग्छ । सडकमा भएका खाल्टाखुल्टीले कुन बेला कसको दुर्घटना हुने हो, कुनै ठेगान छैन ।

बौद्ध स्तूपा हेर्न आउने पर्यटकले सडकको त्यो दृश्य देख्दा नेपाल र नेपाल सरकारको छवि र कार्यशैलीलाई कुन रूपमा लेला ? के यसबारे प्रधानमन्त्री र सरकारमा बस्ने उच्चपदस्थ कर्मचारीहरूले कहिल्यै मनन गरेका छन् ? यो अवस्था दुई/चार दिनको वर्षाले मात्र भएको होइन, बरु सडक विस्तार र निर्माण गर्ने ठेकेदारले समयमा काम नगर्दा भएको हो । निर्धारित समयमा काम पूरा नगर्ने ठेकेदारलाई कडा सजाय दिन सकिने प्रावधान लागू गर्न सके मात्र नेपालका बाटाघाटा, पुलपुलेसा र अन्य योजना समयमा पूरा हुन सक्नेछन् ।
सडक विस्तारका लागि घर, टहरा भत्काउने तर सडक निमार्णको काम समयमा सुरु नगर्ने प्रवृत्तिको सिकार बौद्धको सडक बनेको छ । सरकारले चाबहिलदेखि साँखुसम्म २२ मिटर चौडाको करिब १५ किलोमिटर सडक बनाउन ३ ठेकेदारलाई वर्षदिन अघि ठेक्का दिएको थियो । हालै आएको तथ्यांकले जोरपाटीदेखि साँखुसम्मको सडकमा ३० प्रतिशत काम सम्पन्न भएको छ रे ।

तर चाबहिल–जोरपाटीको सडक ४२ करोडमा ठेक्का लिने ठेकेदारले वर्षदिनमा १ प्रतिशत पनि काम नगरेको उक्त तथ्यांकले देखाएको छ । यस्ता ठेकेदारहरूकै कारण आज नेपालको छवि बिग्रिरहेको छ । जनताले दु:ख पाइरहेका छन् । किन सरकार त्यस्ता ठेकेदारहरूको ठेक्का रद्ध गरी उनीहरूलाई कालोसूचीमा राखी कारबाही गर्न सक्दैन ? प्रधानमन्त्री देउवाले ठेक्का लिने तर समयमा पूरा नगर्ने ठेकेदारहरूलाई ठेक्का रद्ध गरी कडा कारबाही गर्नु भनी सडक विभागलाई कडा निर्देशन दिने बित्तिकै आधा समस्या समाधान हुन्छ ।
– गोपाल देवकोटा
इकान्तिपुर बाट साभार ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?