अष्ट्रेलियामा ८५ वर्षीय वृद्धालाई ठगेपछि २ नेपाली पक्राउ
सारांश
- अष्ट्रेलियामा दुई नेपाली पक्राउ परेका छन् ।
- ८५ वर्षीया एक वृद्धालाई ठगी गरेको आरोपमा उनीहरुलाई पश्चिमी सिड्नीबाट प्रहरीले पक्राउ गरेको हो ।
- सोमबार २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुष भट्टराईलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।
अष्ट्रेलियामा दुई नेपाली पक्राउ परेका छन् । ८५ वर्षीया एक वृद्धालाई ठगी गरेको आरोपमा उनीहरुलाई पश्चिमी सिड्नीबाट प्रहरीले पक्राउ गरेको हो । सोमबार २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुष भट्टराईलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।
उनीहरुमाथि छलकपटपूर्वक पैसा असुल गरेको अभियोगमा पाँचौं दर्जा र जानाजान आपराधिक कार्यमा संलग्न भएको आरोपमा तेस्रो दर्जाको मुद्दा लगाइएको छ ।
नाइनन्युज समाचारमा जनाइएअनुसार ठगीमा परेकी भनिएकी महिलालाई बैंकबाट बोलेको र उनको नयाँ खाता खोल्नुपर्ने एक कल आएको थियो । फोन गर्ने व्यक्तिले नयाँ खाता खोल्नका लागि तीन हजार डलर कुरियर गरेर पठाइदिन भनेका थिए। उक्त पैसा उनको खातामा जम्मा हुने बताइएको थियो । पैसा लिन मानिसहरु वृद्धाकै घरमा पुगेका थिए ।
पैसा बुझाएपछि वृद्धा प्रहरीमा गइन् । त्यसबेला पनि उनलाई ठगी गर्ने समूहबाट फोन आएको थियो । उनीहरुले थप पाँच हजार डलर आवश्यक रहेको बताएका थिए ।
बृद्धाको घरमा पैसा लिन पुगेका दुई नेपालीलाई पक्राउ गरेको छ । दुवैलाई मंगलबार पारामट्टा स्थानीय अदालतमा उपस्थित गराइएको छ । र, अदालतले जमानतमा छाडेन । अदालतको अर्को सुनुवाइ अगष्ट २० मा हुनेछ । यसरी ठगीमा परेकाहरुको पनि पहिचान भइरहेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।
प्रतिक्रिया