ब्यास गुफामा धुप बाल्दा भजन बज्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ५, २०७४
|
|
१७ पटक हेरिएको
Shares
ब्यास गुफामा धुप बाल्दा भजन बज्ने

सारांश

  • तनहुको दमौलीमा मादी र सेती नदीको किनारमा रहेको ब्यास गुफामा धुप बाल्दा भजन बज्ने प्रबिधि जडान भएको छ ।
  • दमौलीका युवा बैज्ञानिक विकल्प ढुंगानाले निर्माण गरेको प्रविधिको धुप बालेर ब्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले शुभारम्भ गरे ।
  • प्रविधिको शुभारम्भ गर्दै न्यौपानेले ढुंगाना जस्ता युवाले तनहुँ र ब्यासको साख बढाइरहेको बताए ।

तनहुको दमौलीमा मादी र सेती नदीको किनारमा रहेको ब्यास गुफामा धुप बाल्दा भजन बज्ने प्रबिधि जडान भएको छ । दमौलीका युवा बैज्ञानिक विकल्प ढुंगानाले निर्माण गरेको प्रविधिको धुप बालेर ब्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले शुभारम्भ गरे ।

प्रविधिको शुभारम्भ गर्दै न्यौपानेले ढुंगाना जस्ता युवाले तनहुँ र ब्यासको साख बढाइरहेको बताए । यस्ता प्रतिभालाई आविस्कार र अन्वेषणबाट पलाएन हुन नदिन आफ्नो तर्फबाट सदैव सहयोग गरिरहने बचन बध्दाता पनि ब्यक्त गरे । आफुले जानेको सिपवाट बेदका रचयिता ब्यास ऋषिको जन्मथलो दमौलीको प्रचारको लागि केहि हदसम्म सहयोग हुने हुनाले नै उक्त प्रबिधि जडान गरिएको कुरा निर्माणकर्ता ढुंगानाले बताए ।

 

कार्यक्रममा पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्य, ढुंगाना बुवा एब राष्ट्रीय परोपकार महासंघ तनहुका सहसचिव भाग्यशाली ढुंगाना, ब्यास गुफाका दामोदर बाबा लगाएतले बोलेका थिए । उक्त प्रविधिको निर्माण गर्न जागौ युवा नेपालका अध्यक्ष समुन्द्र पौडेल, ब्यास ४ निवासी बुद्धि गुरुङ लगाएतले सहयोग गर्नुभएको ढुंगानाले बताए ।

 

युवा तथा खेलकुद मन्त्रालयबाट २०७२र७३ को राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट पुरस्कृत ढुंगानाले यसअघि बिष्णु सोलार स्कुटी, हेल्मेट नलगाएको र मापसे गरेको खण्डमा बाइक स्टार्ट नहुने प्रबिधि लगाएत दर्जनौ सामाग्रीको आविस्कार गरिसकेका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?