निशाना छापमा नेपालको गलत नक्सा सच्चाउन वेवास्ता
सारांश
- काठमाडौं : सरकारले राष्ट्रको निसान छापमा रहेको त्रुटिपूर्ण (कालापानी नभएको) नक्सा अझै हटाएको छैन ।
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालयजस्ता जिम्मेवार मन्त्रालयले समेत त्रुटिपूर्ण नक्सा हटाउन वास्ता गरेका छैनन्।
- प्रधानमन्त्री कार्यालयअन्तर्गतकै हेलो सरकार, राष्ट्रिय सर्तकता केन्द्र, गृह मन्त्रालयलगायत निकायमा अझै पनि कालापानी हटाइएका नक्सा नै निसान छापमा प्रयोग भइरहेका छन् ।
काठमाडौं : सरकारले राष्ट्रको निसान छापमा रहेको त्रुटिपूर्ण (कालापानी नभएको) नक्सा अझै हटाएको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालयजस्ता जिम्मेवार मन्त्रालयले समेत त्रुटिपूर्ण नक्सा हटाउन वास्ता गरेका छैनन्।
प्रधानमन्त्री कार्यालयअन्तर्गतकै हेलो सरकार, राष्ट्रिय सर्तकता केन्द्र, गृह मन्त्रालयलगायत निकायमा अझै पनि कालापानी हटाइएका नक्सा नै निसान छापमा प्रयोग भइरहेका छन् । उनीहरूको वेबसाइटमा राखिएका निसान छापमा कालापानी नभएका नक्सा छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले विभागीय मन्त्रालयबाटै परिवर्तन थालिएकाले प्रधानमन्त्री कार्यालयमा गलत नक्सा प्रयोग भएको पाइए परिवर्तन गरिने बताए । ‘विभागीय मन्त्री नै लाग्नु भएको छ, कहाँ कहाँ गलत नक्सा प्रयोग भएका छन्’, उनले भने, ‘ती छिट्टै परिवर्तन हुन्छन्।’
विभागीय मन्त्रालय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणले निर्देशन गरे पनि सबै मन्त्रालयले बेवास्ता गरेका छन् ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया