गोसाइँकुण्ड जान नुवाकोटबाट दुई पदमार्ग सञ्चालन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १०, २०७४
|
|
३९ पटक हेरिएको
Shares
गोसाइँकुण्ड जान नुवाकोटबाट दुई पदमार्ग सञ्चालन

सारांश

  • नुवाकोट—जनैपूर्णिमा पर्वको अवसरमा रसुवाको गोसाइँकुण्डमा लाग्ने मेलामा सहभागी हुन नुवाकोट हुँदै जाने दुई पदमार्ग व्यवस्थितरुपमा सञ्चालनमा आएका छन्।
  • काठमाडौँको सुन्दरीजल र नुवाकोटको समुन्द्रटार हुँदै गोसाइँकुण्ड जाने दुई पदमार्गमा तीर्थयात्रीका लागि आवश्यक व्यवस्थासहित सञ्चालनमा ल्याएको होटल व्यवसायीले बताएका छन्।
  • गोसाइँकुण्ड पुग्न पर्यटकीय मार्ग तथा प्रकृतिको सुन्दरतासँग रमाउन चाहनेलाई यसअघिदेखि नै कायम रहेको काठमाडौँको सुन्दरीजलबाट पैदलमार्फत चिसापानी, कुटुङसाङ, भंगिनगोठ, छहरेपाटी, घोप्टेभिरको फेदि हुँदै सूर्यकुण्ड-गोसाइँकुण्ड पुग्ने पदमार्ग मर्मत तथा व्यवस्थित गरी सञ्चालनमा ल्याएको लाङ्टाङ गोसाइँकुण्ड हेलम्बु होटल व्यवसायी सरोकार समितिका उपाध्यक्ष पेम्बा लामाले जानकारी दिए।

नुवाकोट—जनैपूर्णिमा पर्वको अवसरमा रसुवाको गोसाइँकुण्डमा लाग्ने मेलामा सहभागी हुन नुवाकोट हुँदै जाने दुई पदमार्ग व्यवस्थितरुपमा सञ्चालनमा आएका छन्। काठमाडौँको सुन्दरीजल र नुवाकोटको समुन्द्रटार हुँदै गोसाइँकुण्ड जाने दुई पदमार्गमा तीर्थयात्रीका लागि आवश्यक व्यवस्थासहित सञ्चालनमा ल्याएको होटल व्यवसायीले बताएका छन्।

गोसाइँकुण्ड पुग्न पर्यटकीय मार्ग तथा प्रकृतिको सुन्दरतासँग रमाउन चाहनेलाई यसअघिदेखि नै कायम रहेको काठमाडौँको सुन्दरीजलबाट पैदलमार्फत चिसापानी, कुटुङसाङ, भंगिनगोठ, छहरेपाटी, घोप्टेभिरको फेदि हुँदै सूर्यकुण्ड-गोसाइँकुण्ड पुग्ने पदमार्ग मर्मत तथा व्यवस्थित गरी सञ्चालनमा ल्याएको लाङ्टाङ गोसाइँकुण्ड हेलम्बु होटल व्यवसायी सरोकार समितिका उपाध्यक्ष पेम्बा लामाले जानकारी दिए।

सुन्दरीजलबाट विश्राम गर्दै दुई दिनमा गोसाइँकुण्ड पुग्ने यो पदमार्गलाई जनैपूर्णिमाको अवसरमा लाग्ने मेलालाई दृष्टिगत गरी व्यवस्थित गरेर सञ्चालनमा ल्याएपछि तीर्थयात्रीको आगमनसमेत शुरु भइसकेको छ। यो पदमार्ग तीन वर्षदेखि सञ्चालनमा छ ।

यस्तै, विदुर नगरपालिका–५ गगटेबाट खरानीटार, समुन्द्रटार, रामती, घ्याङ्फेदी तालुकसेरी हुँदै फेदी निस्केर सूर्यकुण्ड-गोसाइँकुण्ड पुग्न सक्ने व्यवस्थाको अर्को मार्ग पनि सञ्चालनमा आएको छ ।

स्थानीय होमस्टे समिति, लाङ्टाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका उपसमितिहरु, आमा समूहलगायतसँग समन्वय गरी पदमार्गमार्फत गोसाइँकुण्ड पुग्न सुरक्षित व्यवस्था मिलाएको होटल व्यवसायी सरोकार समितिका सचिव मिङ्मा शेर्पाले जानकारी दिए।

सुन्दरीजलबाट नुवाकोट हुँदै गोसाइँकुण्ड पुग्न दुई दिन लाग्ने भए पनि नुवाकोटको समुन्द्रटारबाट जाँदा एक दिनको पैदल यात्रामा पुग्न सकिने गरी आवतजावतको व्यवस्था मिलाइएको सरोकार समितिले जनाएको छ। गंगटेबाट ३५ किमी दूरीमा रहेको समुन्द्रटार सवारीसाधनमा नै जान सकिन्छ।

पैदलमार्फत गोसाइँकुण्ड जाने तीर्थयात्रीका लागि सुरक्षा, खाद्यान्न, पथ–प्रदर्शक, भरिया, औषधि उपचारलगायतको समेत व्यवस्था मिलाएकाले निर्धक्क भएर गोसाइँकुण्ड यात्रा गर्न समितिले आह्वान गरेको छ। तीर्थयात्रीका लागि सुरक्षा बन्दोबस्तमा सुरक्षाकर्मी नियमितरुपमा परिचालन भइरहेको र धुञ्चेबाट एकैपटक ठाडो उकालो लागेर उचाइमा पुग्दा लेक लाग्न सक्ने भएकाले सुन्दरीजलबाट नुवाकोटको घ्याङ्फेदी हुँदै गोसाइँकुण्ड जाँदा उकालो क्रमशः चढ्दै जाने हुँदा यो मार्ग स्वास्थ्यका दृष्टिकोणले समेत उपयुक्त मार्गका रुपमा रहेको स्थानीय व्यवसायीले बताएका छन्।

समुन्द्रटार पदमार्ग सञ्चालनमा आएको तीन वर्ष र सुन्दरीजल पदमार्ग सञ्चालनमा आएको दुई वर्ष भएको छ। उक्त मार्ग हुँदै पहिलो वर्ष विसं २०७१ मा दुई हजार, २०७२ मा तीन हजार र २०७३ मा पाँच हजार तीर्थयात्री गोसाइँकुण्ड गएकाले यसवर्ष १० हजार तीर्थयात्रीलाई लक्षित गरी खाना, खाजा तथा बास बस्ने व्यवस्था, भरिया, पथ–प्रदर्शकलगायतको बन्दोबस्ती मिलाइएको होटल व्यवसायीले बताएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री देउवा असोज ३ गते न्यूयोर्क प्रस्थान गर्ने
प्रधानमन्त्री देउवा असोज ३ गते न्यूयोर्क प्रस्थान गर्ने
जिल्ला प्रशासन कार्यालय तनहुँले जनताको घरदैलोबाटै सेवा
जिल्ला प्रशासन कार्यालय तनहुँले जनताको घरदैलोबाटै सेवा
विद्यार्थी नेत्री व्यवसायिक कृषिमा लागेपछि…
विद्यार्थी नेत्री व्यवसायिक कृषिमा लागेपछि…
खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी विधेयक पारित
खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी विधेयक पारित
नयाँ बसपार्कमा सबै बस समितिका काउन्टर बन्द गर्ने निर्णय, अब कम्पनीका मात्रै
नयाँ बसपार्कमा सबै बस समितिका काउन्टर बन्द गर्ने निर्णय, अब कम्पनीका मात्रै
ऋषि धमला ‘भाइरल गोर्खे’ मा अनुबन्धित
ऋषि धमला ‘भाइरल गोर्खे’ मा अनुबन्धित
उपनिर्वाचनमा उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?
उपनिर्वाचनमा उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?
निमुखालाई न्याय र विपन्नलाई आय दिनुपर्छ: राज्यमन्त्री लामा
निमुखालाई न्याय र विपन्नलाई आय दिनुपर्छ: राज्यमन्त्री लामा
वर्षमानले ऊर्जा मन्त्रालय अड्डी कसेपछि जनार्दन मन्त्री भएनन्, गिरिराजमणि पाचौंपटक
वर्षमानले ऊर्जा मन्त्रालय अड्डी कसेपछि जनार्दन मन्त्री भएनन्, गिरिराजमणि पाचौंपटक
लेखनाथ साना सहरी खानेपानी महसुल अब आइएमई पेबाट
लेखनाथ साना सहरी खानेपानी महसुल अब आइएमई पेबाट