ढलको पानीमा कोरोना भाइरसको अंश भेटिएपनि सर्दैन-स्वास्थ्य मन्त्रालय

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २१, २०७७
|
|
३२ पटक हेरिएको
Shares
ढलको पानीमा कोरोना भाइरसको अंश भेटिएपनि सर्दैन-स्वास्थ्य मन्त्रालय

सारांश

  • काठमाडौं, २१ असार ।
  • ढलको पानीमा कोरोना भाइरसको अंश भेटिएपनि त्यसले कोभिड १९ सार्ने पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
  • ढलको पानीबाट कोरोना संक्रमण सर्ने हल्ला चलिरहँदा मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा ढल प्रणालीबाट कोरोना भाइरसको संक्रमण फैलिएको प्रमाण नभेटिएको जानकारी दिएको हो ।

काठमाडौं, २१ असार । ढलको पानीमा कोरोना भाइरसको अंश भेटिएपनि त्यसले कोभिड १९ सार्ने पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ढलको पानीबाट कोरोना संक्रमण सर्ने हल्ला चलिरहँदा मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा ढल प्रणालीबाट कोरोना भाइरसको संक्रमण फैलिएको प्रमाण नभेटिएको जानकारी दिएको हो ।

‘ढलको पानीमा भाइरसका टुक्रा टाक्री देखिएको अध्ययनले देखाएको छ,’ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘तर, भाइरसको अंश रोग सार्ने खालको हुँदैन ।’

ढलको पानीमा कोरोना भाइरस दुई दिनसम्म बाँच्ने भएकाले सावधानी भने अपनाउन गौतमले आग्रह गरे । ढलको पानीमा कोरोनाको अंश भेटियो भन्दैमा समुदायमा देखिएर जटिल अवस्था नहुने स्पष्ट पारे ।

कोरोना भाइरस नजिकमा रहेको संक्रमितले हाँछ्यु गर्दा या छुँदा सर्न सक्ने उनको भनाई थियो । उनले भने, भाइरसको जीवाणु रहेको स्थान वा व्यक्तिलाई छोएर आफ्नो मुख, हात वा आँखामा छुँदा सर्नसक्छ । त्यसबाहेक अन्य कारणले सर्ने पुष्टि भएको छैन । ढलको पानीमा कोरोना भाइरस भेटिएकाले सर्ने भन्दै खबरहरु आइरहँदा मन्त्रालयले यस्तो जानकारी गराएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Glory Casino Bangladesh: Play On-line And Win In Official Site
विद्यालयमा देखियो अज्ञात रोग, एक जनाको मृत्यु
विद्यालयमा देखियो अज्ञात रोग, एक जनाको मृत्यु
राष्ट्रबैकले ऋण प्रवाहमा कडाई गरेसंगै गाडीको बिक्री घट्यो
राष्ट्रबैकले ऋण प्रवाहमा कडाई गरेसंगै गाडीको बिक्री घट्यो
गठबन्धन दलहरुलाई सांसद संख्याका आधारमा मन्त्री
गठबन्धन दलहरुलाई सांसद संख्याका आधारमा मन्त्री
जेठ २८ गते बुधबारको राशिफल यस्तो छ
जेठ २८ गते बुधबारको राशिफल यस्तो छ
दाङ गाउँपालिका-९ मा माओवादी केन्द्रको प्यानल विजयी
दाङ गाउँपालिका-९ मा माओवादी केन्द्रको प्यानल विजयी
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भन्छन्, “प्रधानमन्त्री पदमुक्त भइसक्नुभएको छ, एउटै व्यक्ति कतिचोटी पदमुक्त हुन्छ ?”
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भन्छन्, “प्रधानमन्त्री पदमुक्त भइसक्नुभएको छ, एउटै व्यक्ति कतिचोटी पदमुक्त हुन्छ ?”
प्रधानमन्त्री रोजगार कार्यक्रमः युवा वर्गमा अवसर र उत्साह
प्रधानमन्त्री रोजगार कार्यक्रमः युवा वर्गमा अवसर र उत्साह
मुख्यमन्त्री शाही बेल्चा लिएर फोहर सोहर्न निस्किएपछि…
मुख्यमन्त्री शाही बेल्चा लिएर फोहर सोहर्न निस्किएपछि…
प्रचण्डलार्इ गम्भीर बनाउने अाेलीकाे याे ट्वीट, जस्ले पार्टी एकतामा धक्का पुग्न सक्छ !

तपाईंले छुटाउनुभयो कि?