जनतामाथि कालोबजारीको मार, सरकार मौन

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक ३, २०७७
|
|
४२ पटक हेरिएको
Shares
जनतामाथि कालोबजारीको मार, सरकार मौन

सारांश

  • समाचार विश्लेषणः देश कोरोना भाइरसको महामारीमा जुधिरहँदा सरकारले हिजो सार्वजनिक रुपमै संक्रमितले आफै उपचार गर्नुपर्ने बतायो ।
  • त्यसो त सर्वसाधारणले कोरोना संक्रमित भएपछि आफ्नो व्यवस्था आफै गर्न थालेको धेरै भइसकेको थियो ।
  • पहुँच र प्रभाव भएकाहरुले निःशुल्क कोरोना परीक्षण पटक पटक गरेको जगजाहेर छ ।

समाचार विश्लेषणः देश कोरोना भाइरसको महामारीमा जुधिरहँदा सरकारले हिजो सार्वजनिक रुपमै संक्रमितले आफै उपचार गर्नुपर्ने बतायो । त्यसो त सर्वसाधारणले कोरोना संक्रमित भएपछि आफ्नो व्यवस्था आफै गर्न थालेको धेरै भइसकेको थियो । पहुँच र प्रभाव भएकाहरुले निःशुल्क कोरोना परीक्षण पटक पटक गरेको जगजाहेर छ । तर, सामान्य नागरिक कोरोना परीक्षणका लागि घन्टौं लाइन बसेर रकम तिरेर गर्दै आएका छन् । परीक्षणबाट संक्रमण पत्ता लागेको अवस्थामा आफै आइशोलेशन र उपचार खर्च व्यहोर्दै आएका छन् ।

सरकारले कोरोना महामारीसँग जुध्न अरबौं खर्च गरिसकेको जनाएको छ । तर, त्यो सामान्य नागरिकलाई संक्रमणबाट जोगाउन र उपचार गर्न पुगेको छ या छैन ? गम्भीर प्रश्न उठेको छ । काँग्रेस नेता गगन थापाले सरकारको काम कोरोना संक्रमितको संख्या गन्नेमात्र भएको टिप्पणी गरेका छन् । सत्तामा रहेकाहरु पाँच तारे होटलमा आइशोलेशनमा बसे । पाँच तारे स्तरको अस्पतालका बेडहरुमा बसेर सामाजिक सञ्जालमार्फत् आफू संक्रमित भएको र संक्रमणमुक्त भएको जानकारी दिन भ्याए । यो घटनाले सरकार हुनेखानेको मात्र हो र पहुँच र प्रभाव नभई देशमा केही हुँदैन रहेछ भन्ने गलत सन्देश प्रवाह भएको छ ।

निजी अस्पतालहरुले कोरोना परीक्षणका लागि प्रति व्यक्ति दुई हजार रुपैयाँ लिने गरेका छन् । अस्पताल भर्ना हुँदा विरामी र कुरुवा समेतको अनिवार्य परीक्षणको नियम बसालिएको छ । यो सुरक्षाको दृष्टिले ठिकै लाग्ला तर सर्वसाधारण थप रकम तिर्न वाध्य छन् । सार्वजनिक अस्पतालहरुमा सामान्य नागरिकले बेड पाउन मुश्किल भएको छ । जीवन जोगाउन मानिसले जस्तोसुकै मूल्य चुकाउँछ भन्ने मान्यताबाट निर्देशित भई व्यापारमा केन्द्रित हुँदै आएका अधिकांश अस्पतालले बेडको मूल्य समेत बढाएका छन् । अस्पताल भर्ना हुन अनिवार्य आइशोलेशनमा बस्नुपर्ने नियम बसालेर केही घन्टामै दश हजार रुपैयाँ अतिरिक्त कमाई गर्न थालेका छन् । एकजना अस्पतालका प्रशासक भन्छन्, एक वर्षमा आम्दानी नभएको एकै महिनामा आम्दानी भइसकेको छ । यसरी अस्पतालहरु कोरोना कहरमा झन् आर्थिक फाइदामा सत्रिय भएका छन् । तर, त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरु समयमै तलब नपाएर छटपटिइरहेका छन् । सरकार नियमको रटान लगाउँछ । जसको पालना कमजोरहरुका लागि मात्र वाध्यकारी बनेको छ । पहुँच र प्रभाव भएकाहरुका लागि त्यसले कुनै असर गरेको छैन ।

कोरोना कहरका बीच देशमा दशैंको माहोल बनिसकेको छ । तर, यही मौकामा कालोबजार फष्टाएको छ । देशमा अहिलेसम्म कहिले नभएको महङ्गीको मार छ । प्याज प्रतिकेजी १३० रुपैयाँ पुगेको छ । अधिकांश तरकारीको मूल्य एक सय रुपैयाँभन्दा माथि छ । दाल र गेडागुडीको मूल्य वृद्धि भएको छ । चीयापत्ती प्रतिकेजी एक सय रुपैयाँभन्दा बढीले मूल्यवृद्धि भएको छ । तर, सरकार मूल्य वृद्धि भएको छैन भनी जग हसाईँरहेको छ । जनताले सुपथ मूल्यमा केही नपाउने अवस्था बनेको छ ।

दैनिक उपभोग्य सामग्री सबैजसोमा व्यापक मूल्यवृद्धि भएको छ । सरकारको वाणिज्य विभाग यसमा मौन देखिन्छ । सामान्य जनताका लागि बोलिदिने र गरिदिने कोही छैन । उनीहरुका लागि सरकार नै नभएको आभाष हुँदैछ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले यो सरकार चाहिंदैन भन्ने सम्मको अभिव्यक्ति दिएका छन् । तर, सरकार जनताको लागि सबथोक गरिरहेको दाबी गरिरहेको छ । सत्ताको टाकुरीमा बसेर मैदानमा समस्या भोगिरहेका जनताको पीडाको रमिता हेर्दै लाभको पदमा रहेकाहरु मस्ती मारिरहेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुमार्गीको अवैध धनबारे छानबिन दोस्रो चरणमा पुग्यो, विदेशी संस्थासँग समन्वय गरेर अघि बढ्छौं : अर्थराज्यमन्त्री राणा
सुमार्गीको अवैध धनबारे छानबिन दोस्रो चरणमा पुग्यो, विदेशी संस्थासँग समन्वय गरेर अघि बढ्छौं : अर्थराज्यमन्त्री राणा
कामु प्रधान न्यायाधीशको प्रमाणपत्र शंकाको घेरामा
कामु प्रधान न्यायाधीशको प्रमाणपत्र शंकाको घेरामा
प्रधानमन्त्री ओलीद्वारा नेपाली स्थायी नियोग निरीक्षण
प्रधानमन्त्री ओलीद्वारा नेपाली स्थायी नियोग निरीक्षण
‘लगेज पास गराएको एक लाख दिन्छु भनेपछि सुन ल्याउने काम सुरु भएको हो’
‘लगेज पास गराएको एक लाख दिन्छु भनेपछि सुन ल्याउने काम सुरु भएको हो’
गोदावरीमा धमाधम डिप बोरिङ
गोदावरीमा धमाधम डिप बोरिङ
सुनौला सपनासहित दुर्घटनामा घाइते, रकम अभावले दाङका यी युवाको मलेसियामा उपचार प्रभावित
सुनौला सपनासहित दुर्घटनामा घाइते, रकम अभावले दाङका यी युवाको मलेसियामा उपचार प्रभावित
काठमाडौंमा वायु प्रदूषण बढ्यो, कारण के ?
काठमाडौंमा वायु प्रदूषण बढ्यो, कारण के ?
गण्डकी प्रदेशका ११ हजारभन्दा बढी किसानलाई ५ करोड ५८ लाख दूध अनुदान, प्रतिलिटर ५ रुपैयाँ प्रोत्साहन
गण्डकी प्रदेशका ११ हजारभन्दा बढी किसानलाई ५ करोड ५८ लाख दूध अनुदान, प्रतिलिटर ५ रुपैयाँ प्रोत्साहन
गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो
गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो
चिनी पकाएर वनाइएको १५ क्विन्टल चिनीमह वरामद , दुई महिला पक्राउ.
चिनी पकाएर वनाइएको १५ क्विन्टल चिनीमह वरामद , दुई महिला पक्राउ.