प्रचण्डको दाबी : जनताको तागतमा कांग्रेस–एमालेको सत्ता पल्टाउँछौं

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २९, २०८१
|
|
४३ पटक हेरिएको
Shares
प्रचण्डको दाबी : जनताको तागतमा कांग्रेस–एमालेको सत्ता पल्टाउँछौं

सारांश

  • काठमाडौं।
  • प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको बलमा अहिलेको सत्ता पल्टाउने उद्घोष गरेका छन्।
  • आज (शनिबार) पार्टीको रुपन्देही जिल्ला समन्वय समितिले आयोजना गरेको बहृत्त राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन्।

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको बलमा अहिलेको सत्ता पल्टाउने उद्घोष गरेका छन्। आज (शनिबार) पार्टीको रुपन्देही जिल्ला समन्वय समितिले आयोजना गरेको बहृत्त राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन्।

उनले भने,‘विचार र इमानदारितामा को राम्रो छ भन्ने कुरा नेपाली जनताले अब राम्रोसँग् बुझिसकेको छन्, अहिलेको सत्तारुढ दलका नेताहरू जिल्लामा जाँदा जनताले चोर नेता भन्ने थालेको छन् । नयाँ प्रतिवद्धताका साथ जनतामा जान्छौं र जनताकै तागतले प्रमुख दल भनिनेको सत्ता पल्टाउछौं।’

उनले माओवादी सिद्दियो भन्नेहरुलाई अब ०८४ को निर्वाचनमा देखाईदिने चेतावनी दिए। उनले माओवादी अब ०६४ कै अवस्थामा फर्किनेपनि दाबी गरे। उनले भने,‘प्रचण्डको युग सिद्धियो भन्नेहरूलाई उप-चुनावले देखाइसकेको छ, विगतमा भएका केही त्रुटीलाई आत्मसमीक्षा र सुधार गर्दै नयाँ प्रतिबद्धताका साथ गुणात्मक फड्को मार्ने गरी नयाँ उर्जाका साथ आउँदो निर्वाचनमा माओवादी २०६४ कै अवस्थामा फर्किन्छ। हामी जनतातिर फर्किन्छौं।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?