डब्लुएचओ – कोरोना भाइरस के हावाको माध्यमबाट सर्छ ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २३, २०७७
|
|
२३ पटक हेरिएको
Shares
डब्लुएचओ – कोरोना भाइरस के हावाको माध्यमबाट सर्छ ?

सारांश

  • एजेन्सी, २३ असार ।
  • विश्वभर महामारी बनेको कोरोना भाइरसले थूप्रै विषयहरु उजागर गरिरहेको छ ।
  • वैज्ञानिकहरुले भाइरसको अनुसन्धानमा गम्भीर रुपमा सक्रिय छन् ।

एजेन्सी, २३ असार । विश्वभर महामारी बनेको कोरोना भाइरसले थूप्रै विषयहरु उजागर गरिरहेको छ । वैज्ञानिकहरुले भाइरसको अनुसन्धानमा गम्भीर रुपमा सक्रिय छन् ।

कोरोना भाइरस संक्रमण कसरी एक मानिस देखि अर्कोमा सर्ने भन्न विषय अझै अन्योल देखिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको फैलाव मुख्यतय संक्रमित व्यक्तिको शरीरबाट निस्किएको तरल पर्दाथका कारण हुने जनाएको छ । संक्रमित व्यक्तिको कफ वा हाँच्छ्युबाट बाहिरिएको तरल पर्दाथ भुइँमा टाँस्सिएर बस्ने गर्दछ । भुइँमा रहेको पर्दाथले समेत अन्य मानिसलाई संक्रमण सार्न सक्ने अनुमान विज्ञहरुले लगाएका छन् ।

विश्वमा देखापरेको नयाँ कोरोना संक्रमित विशेषगरी रेस्टुरेन्ट, कार्यलय, क्यासिनोबाट रहेको जनाइएको छ । अज्ञात संक्रमित व्यक्तिको आवत जावतले कफ वा आच्छयुको मद्दतबाट उक्त ठाँउहरुमा संक्रमण फैलिएकोे अनुमान लगाइएको छ ।

कोरोना भाइरस हावाको माध्यमबाट सर्छ ?

कोरोना भाइरसको सुरुवात भएदेखि यसको फैलाव तीन माध्यमबाट भएको देखिन्छ । जसमध्ये पहिलो श्वासप्रश्वासबाट निस्किएको तरल पर्दाथ, दास्रो संक्रमित व्यक्तिको सिधा सम्पर्कबाट, तेस्रो दूषित सतहहरु छन् । यसको उपाय भनेको सामाजिक दूरी कायम गर्नु र नियमित सफा रह्नुले संक्रमणमा रोकथाम गर्न सकिन्छ ।

तर, ३२ वटा देशका दूई सय ३९ वटा वैज्ञानिकहरुले कोरोना संक्रमण सतहहरुमा देखा परेको सानो कणहरुबाट फैलिएको भन्दै विश्व स्वास्थ्य संगठनको ध्यानाकर्षण गराएका छन् । अनियन्त्रीत गतिमा फैलिरहेको भाइरसको अनुसन्धानको क्रममा भाइरस हावाको माध्यमबाट फैलिरहेको निश्कर्ष निकालेका छन् । हावाको माध्यमबाट सर्ने भाइरस तरल पर्दाथको माध्यमबाट फैलिने भाइरसको स्वरुप फरक रहेको समेत जनाइएको छ । संक्रमित व्यक्तिको माध्यमबाट निस्किएको तरल पर्दाथमा देखिने माइक्रोब्सको आकार ठूलो हुने र लामो समयसम्म हावामा जीवित हुने विषयमा ध्यानाकषर्ण गराएका छन् । स्वच्छ मानिसमा यसले एक मिटरको दूरीमा रहेपनि यसले संक्रमण फैलाउन सक्ने अनुमान गरिएको छ । भाइरसको मात्रा न्युन रहेपनि यसले स्वच्छ शरीरमा छिट्टै प्रभाव पर्न सक्ने वैज्ञानिकहरुले जनाएका छन् ।

वास्तवमा भाइरस हावाबाट सरिरहेको छ भने के हुन्छ ? हावामा फैलिएको कारण महामारीको फैलिएको हो ? विशेष गरी भीडभाड भएको ठाँउमा, फोहार अत्यधिक भएको ठाँउबाट फैलिएको देखिन्छ । रोकथामको उपाय भने दूरी कायम गर्नु, मास्क लगाउनु र नियमित हात धुनु नै रहेको हो ।

संक्रमणका रोक लगाउन मानिसहरुले सामाजिक दूरी कायम गरेसंगै मास्कको प्रयोग अनिवार्य रहेको छ । स्वास्थ्य आधिकारीहरुले एन ९५ मास्कको प्रयोग गर्नु आवश्यक छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न पुरुष बढे
सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न पुरुष बढे
हेर्नुहोस २० तस्बिरमा धेरै रक्सी खाए पछी के गर्दै छु भन्ने नै थाह नहुने  !
हेर्नुहोस २० तस्बिरमा धेरै रक्सी खाए पछी के गर्दै छु भन्ने नै थाह नहुने !
नेपोको राष्ट्रिय भेला बुटवलमा सम्पन्न
नेपोको राष्ट्रिय भेला बुटवलमा सम्पन्न
हामीले चुनाव जिते पनि क्रान्ति जितेका छैनौँ ,प्रतिक्रान्ति र क्रान्तिकारीबीचको लडाइँ जारी छ’: पुष्पकमल दाहाल
हामीले चुनाव जिते पनि क्रान्ति जितेका छैनौँ ,प्रतिक्रान्ति र क्रान्तिकारीबीचको लडाइँ जारी छ’: पुष्पकमल दाहाल
स्वायत्त औद्योगिक व्यवस्थापन विकास प्राधिकरण बनाउनु पर्ने नन्दकिशोर बस्नेतको माग
स्वायत्त औद्योगिक व्यवस्थापन विकास प्राधिकरण बनाउनु पर्ने नन्दकिशोर बस्नेतको माग
बौद्धमा समस्या परेकालाई राहत दिन फुड ब्याङ्क सुरु
बौद्धमा समस्या परेकालाई राहत दिन फुड ब्याङ्क सुरु
नेपालीले पाए चीनको ‘ग्रिनकार्ड’
‘मेरो सरकार’ले नेकपा भित्र बनायो आलोचना र विवाद
‘मेरो सरकार’ले नेकपा भित्र बनायो आलोचना र विवाद
किसानलाई राहत उपलब्ध गराउन सिफारिस
किसानलाई राहत उपलब्ध गराउन सिफारिस
उम्मेदवारले सामाजिक सञ्जालबाट गरिएको विज्ञापन खर्च पनि बुझाउनुपर्ने
उम्मेदवारले सामाजिक सञ्जालबाट गरिएको विज्ञापन खर्च पनि बुझाउनुपर्ने

तपाईंले छुटाउनुभयो कि?