ओली सरकार असफल भयो : बाबुराम भट्टराई

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ११, २०७५
|
|
४८ पटक हेरिएको
Shares
ओली सरकार असफल भयो : बाबुराम भट्टराई

सारांश

  • काठमाडौं, ११ चैत्र ।
  • नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा.
  • बाबुराम भट्टराईले वर्तमान सरकार असफल भएको दाबी गरेका छन् ।

काठमाडौं, ११ चैत्र । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकार असफल भएको दाबी गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले बाहृय लगानी घटेको, व्यापार घाटा बढेको, विकास खर्चसमेत लक्ष्यअनुसार नभएको उल्लेख गर्दै सरकार असफल भएको बताएका हुन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबीगरेका हुन् । भट्टराईले सरकारको एकवर्षे कार्यकालबाट जनता सन्तुष्ट हुन नसकेको आरोप लगाए । उनले भने, ‘राजश्वको लक्ष्य पनि पूरा हुन सकेन, व्यापार घाटा बढेर गयो, लगानी घट्यो, भनेर आफैंले भनिरहेको छ । यी सबै हिसाबले सरकार असफलतातिर उन्मुख भइरहेको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?