काठमाडौं उपत्यकामा कोरोना सक्रमित बढ्दै, आज २८ जना थपिए
सारांश
- काठमाडौं, २३ असार ।
- आज पनि काठमाडौं उपत्यकामा ठुलो संख्यामा कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकामा २८ जना संक्रमित थपिएका छन् ।
काठमाडौं, २३ असार । आज पनि काठमाडौं उपत्यकामा ठुलो संख्यामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकामा २८ जना संक्रमित थपिएका छन् ।
थपिएकामध्ये सबैभन्दा बढी काठमाडौंमा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जना थपिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । आज एकै दिन २ सय ४० जना संक्रमित देशभर थपिएका छन् । कुल संक्रमित संख्या १६ हजार एक सय ६८ छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया