पौडेलले भने अन्तरघातको जिम्मा सबै देउवाले लिनुपर्छ।

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ५, २०७४
|
|
२२ पटक हेरिएको
Shares
पौडेलले भने अन्तरघातको जिम्मा सबै देउवाले लिनुपर्छ।

सारांश

  • काठमाडौं, ५ साउन– वरिष्ठ नेता रामचन्द्र पौडेलले लगायत कांग्रेस नेताहरुले चुनावमा कांग्रेस उम्मेदवारहरुमाथि अन्तरघात हुनुमा सभापति शेरबहादुर देउवा जिम्मेवार रहेको आरोप लगाउनु भएको छ ।
  • बिहीवार बिहान बानेश्वरस्थित आनन्द इभेन्ट पार्टी प्यालेसमा कांग्रेसको २ नम्बर प्रदेश भेलालाई सम्बोधन गर्दै पौडेलले अन्तरघातका लागि सभापति देउवा जिम्मेवार रहेको भन्दै जवाफ दिन माग गर्नु भएको थियो ।
  • पार्टी सभापति तथा प्रधानमन्त्री देउवाको उपस्थितिमा भएको कार्यक्रममा नेताहरुले पार्टीबाट मेयर उम्मेदवारको उम्मेदवार सिधै केन्द्रबाट फिर्ता लिएर माओवादीलाई भोट मागेर देउवाले अन्तरघातको सुरुवात गरेको वताएका हुन् ।

काठमाडौं, ५ साउन– वरिष्ठ नेता रामचन्द्र पौडेलले लगायत कांग्रेस नेताहरुले चुनावमा कांग्रेस उम्मेदवारहरुमाथि अन्तरघात हुनुमा सभापति शेरबहादुर देउवा जिम्मेवार रहेको आरोप लगाउनु भएको छ । बिहीवार बिहान बानेश्वरस्थित आनन्द इभेन्ट पार्टी प्यालेसमा कांग्रेसको २ नम्बर प्रदेश भेलालाई सम्बोधन गर्दै पौडेलले अन्तरघातका लागि सभापति देउवा जिम्मेवार रहेको भन्दै जवाफ दिन माग गर्नु भएको थियो ।

पार्टी सभापति तथा प्रधानमन्त्री देउवाको उपस्थितिमा भएको कार्यक्रममा नेताहरुले पार्टीबाट मेयर उम्मेदवारको उम्मेदवार सिधै केन्द्रबाट फिर्ता लिएर माओवादीलाई भोट मागेर देउवाले अन्तरघातको सुरुवात गरेको वताएका हुन् ।

‘मैले सभापतिजीलाई यो कुरा भित्र कोठाको बैठकमा पनि भनेको छु, आज पनि भन्न चाहन्छु, पार्टीमा अन्तरघात भएकै हो । यसको जिम्मा लिने कि नलिने  ? मनोपोली प्रबृत्तिले पार्टी चल्दैन’ पौडेलले भन्नुभयो, ‘अन्तरघात कहाँबाट सुरुर भयो, कसले सुरु गर्यो, अव कारवाही हुने कि नहुने ?’

पौडेलले उनले आफू  समावेशी र  समानुपातिको पक्षमा रहेको भए पनि सभापति देउवाकै कारण त्यसो हुन नसकेको दाबी गर्नुभयो ‘सभापतिलाई भन्न चाहन्छु, राजदूत नियुक्ति गर्दा आइजईजी नियुक्ति गर्दा के भयो ? यसमा खै समावेशी ? पार्टीको बेइज्जत भयो’ पौडेलको भनाई थियो, ‘नेतृत्वले यसको जिम्मा लिने कि नलिने ?’

मधेसी दललाई देखाएर कांग्रेस नेतृत्वले मुलुकलाई अकर्मण्यतामा फसाउन नहुने पौडेलको भनाई थियो । ‘सँधै मधेसी दललाई पर्खिरहन सकिंदैन, कहिलेसम्म पर्खिइरहने, कांग्रेस कहिलेसम्म मधेसी दलको वरिपरी घुमिरहने ?’ पौडेलको भनाई थियो, ‘अव संविधान संशोधन प्रस्तावलाई टेबुल गरिनुपर्छ र जे परिणाम आउँछ सबैले स्वीकार गर्नु पर्छ ।’ भेलामा सहभागि अन्य नेताहरुले पनि पार्टी सभापति देउवाले भरतपुरबाट पार्टी विरुद्ध अन्तरघात गर्न सुरु गरेको आरोप लगाउनु भयो । ‘कांग्रेसले जित्ने भरतपुर महानगरपालिकामा दिनेश कोइरालाको उम्मेदवारी फ्याक्समार्फत फिर्ता लिएर माओवादीलाई भोट माग्दै हिंडेको कसले ?’ नेताहरुको प्रश्न थियो, ‘त्यो अन्तरघात होइन ? माओवादीलाई भोट माग्दै हिंडेपछि कांग्रेसले चुनाव जित्छ ?’

अन्तरघातीलाई कारवाही गर्छु– देउवा

भेलामा सभापति शेरबहादुर देउवाले अन्तरघातीहरुलाई अनुशासन आयोग बनाएर कारवाही गर्ने वताउनु भयो । चुनावमा चन्तरघात गर्नेलाई कारवाही गरेरै छोड्ने प्रधानमन्त्री देउवाको चेतावनी थियो । प्रधानमन्त्री देउवाले २ नम्बर प्रदेशको चुनाव कांग्रेसको लागि  जीवन मरणको सवाल भएको भन्दै त्यसमा प्रभावकारी ढंगले लाग्न पार्टीपंक्तीलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?