ओलीको नाम देखाएरै जनतासँग भोट मागिएकाले महाधिवेशन अगाडी दुवै पदबाट राजीनामा दिन मिल्दैनः उपप्रधानमन्त्री पोखरेल

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २९, २०७७
|
|
३८ पटक हेरिएको
Shares
ओलीको नाम देखाएरै जनतासँग भोट मागिएकाले महाधिवेशन अगाडी दुवै पदबाट राजीनामा दिन मिल्दैनः उपप्रधानमन्त्री पोखरेल

सारांश

  • काठमाडौं, असार २९ ।
  • उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने कुनै कारण नभएको बताएका छन्।
  • उनले गएको निर्वाचनमा प्रधानमन्त्रीमा ओलीलाई अगाडी सारेर गएकै कारण पार्टीले दुइतिहाई नजिक मत ल्याएकाले अब आउने निर्वाचन र पार्टीको महाधिवेशनभन्दा अगाडी दुवै पदबाट राजीनामा नदिने तर्क गरेका छन् ।

काठमाडौं, असार २९ । उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने कुनै कारण नभएको बताएका छन्। उनले गएको निर्वाचनमा प्रधानमन्त्रीमा ओलीलाई अगाडी सारेर गएकै कारण पार्टीले दुइतिहाई नजिक मत ल्याएकाले अब आउने निर्वाचन र पार्टीको महाधिवेशनभन्दा अगाडी दुवै पदबाट राजीनामा नदिने तर्क गरेका छन् ।

उनले भने, ‘ओलीको नाम देखाएर नै जनतासँग भोट मागिएको हो । उहाँको अगुवाइमा धेरै काम भएका र जनताले चुनेर पठाएको प्रधानमन्त्रीलाई कसैले छोड भन्नै मिल्दैन । सरकारले गरेका काम सवैलाई जानकारी नै छ । पार्टीको उदेश्य र लक्ष्य अनुसार उहाँ अगाडी बढिरहनु भएको छ ।’

उपप्रधानमन्त्री पोखरेलले ओली नेतृत्वको सरकारले विशेष परिस्थितिमा विशेष खालकै काम गर्न सफल भएको दावीसमेत गरेका छन् । नेकपाको अध्यक्षका नाताले प्रधानमन्त्री भएपछि प्रणालीमै परिवर्तन ल्याउने काम सरकारले गरेको भन्दै उनले पहिलो चरणमा संविधान कार्यान्वयनका लागि धेरै कानूनहरु बनाएको र आर्थिक विकासको फड्को मार्ने समयमा कोरोना आएकाले सरकारलाई अगाडी बढ्न केहि समस्या भएको बताए ।

पार्टीको नीति र उद्धेश्यमा केन्द्रीत भएर नगएसम्म सहमतिमा पुग्न नसकिने उनको भनाई छ । प्रधानमन्त्रीले कुनैपनि नियुक्तिमा एकलौटी नगरेको र केन्द्रीय कमिटीको निर्णय अनुसार नै सवै नियुक्तिहरु भएको उनले दावी गरे । पोखरेलले भने,‘केन्द्रीय कमिटीमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले नै राजनीतिक प्रतिबेदन तयार गर्नुभएको हो । त्यो बैठकले पारित गरेको हो र त्यहि प्रतिवेदन अनुसार सरकारले काम पनि गरिरहेको छ ।’

पोखरेलले अहिले पनि पार्टीको एक नम्बर अध्यक्ष ओली नै भएको र एउटा अध्यक्ष कार्यकारी र अर्को सेरेमोनियल भन्ने नभएको उनको तर्क छ। पार्टी एकिकरणका सिलसिलामा एउटा अध्यक्षले सरकार र अर्को अध्यक्षले पार्टी हेर्ने भन्ने सहमति भएको बताउदै उनले कसैलाई कार्यकारी अध्यक्ष बन्न मन भए महाधिवेशन र प्रधानमन्त्री हुने मन भए आगामी निर्वाचन सम्म कुर्नुपर्ने बताए ।

उनले पार्टीका कुनै पनि कमिटीमा प्रधानमन्त्री ओली अल्पमतमा नभएको दावी पनि गरे । सचिवालयमा ओली अल्पमतमा हुनुहुन्न र संसदीय दलमा ओलीलाई कसैले च्यालेन्ज गर्न नसक्नेभन्दै पोखरेलले ओली विरुद्धमा वा पद छाड्नुपर्छ भनेर अहिलेसम्म औपचारिक प्रस्ताव नआएको उनले जानकारी गराए।

उनले भने,‘केपी ओलीले राजिनामा दिनुपर्ने कारण छैन । नेताहरुको बोल्ने शैली पनि भएन सच्याएर जानुपर्छ । आफुले गरेको गल्ति अरुलाई लगाउन मिल्दैन । तथ्यका आधारमा निर्णय गर्नुपर्छ । कम्जोरी सच्याउन सवै तयार हुनुपर्छ । अहिले पार्टी भित्रको अन्तरविरोध सच्याएर जाने हो । अहिले कुनै पनि नेताले कसैलाई पद छाड भन्न मिल्दैन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानन्यायाधीश गोपाल पराजुली एसएलसी पास भएको खुल्यो (हेर्नुहोस् मार्कसिटसहित)
प्रधानन्यायाधीश गोपाल पराजुली एसएलसी पास भएको खुल्यो (हेर्नुहोस् मार्कसिटसहित)
परराष्ट्रमन्त्री ज्ञवालीको अमेरिका भ्रमणः अमेरिकासँग वृहत स्वरुपमा सम्बन्ध विस्तार
परराष्ट्रमन्त्री ज्ञवालीको अमेरिका भ्रमणः अमेरिकासँग वृहत स्वरुपमा सम्बन्ध विस्तार
सात नम्बर प्रदेशमा कुन दलका को को उम्मेदवार?
सात नम्बर प्रदेशमा कुन दलका को को उम्मेदवार?
शान्ति प्रक्रियाको सफलताबारे विश्व समुदायलाई जानकारी दिन्छौं : उपप्रधानमन्त्री महरा
शान्ति प्रक्रियाको सफलताबारे विश्व समुदायलाई जानकारी दिन्छौं : उपप्रधानमन्त्री महरा
प्रेम दिवसमा खाना महोत्सव
प्रेम दिवसमा खाना महोत्सव
सुनको मूल्यमा एकैदिन अठार सयको वृद्धि
सुनको मूल्यमा एकैदिन अठार सयको वृद्धि
गुर्जा हिमालको हिमआँधीमा परेका नौ जनाको शव भेटियो(परिचयसहित–अपडेट)
गुर्जा हिमालको हिमआँधीमा परेका नौ जनाको शव भेटियो(परिचयसहित–अपडेट)
ब्याटिङ नचल्दा नेपाल यूएईसँग पराजित
ब्याटिङ नचल्दा नेपाल यूएईसँग पराजित
पैसा कमाउने निहुमा दिमागी सन्तुलन बिग्रेकोलाई पठाइयो मलेसिया
पैसा कमाउने निहुमा दिमागी सन्तुलन बिग्रेकोलाई पठाइयो मलेसिया
संसद् बैठकमा ढिलाइ, अवरोध गर्ने एमालेको तयारी
संसद् बैठकमा ढिलाइ, अवरोध गर्ने एमालेको तयारी

तपाईंले छुटाउनुभयो कि?