प्रेम दिवसमा खाना महोत्सव

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २७, २०७६
|
|
३६ पटक हेरिएको
Shares
प्रेम दिवसमा खाना महोत्सव

सारांश

  • पर्यटकीय नगरी सौराहामा प्रेम दिवसको अवसर पारेर मङ्गलबारदेखि खाना महोत्सव हुने भएको छ ।
  • चौधौैँ सौराहा खाना महोत्सवको तयारी पूरा भएको छ ।
  • रेष्टुराँ एण्ड बार एशोसिएशन ९रेवान० सौराहाको आयोजनामा सिसुवार चौरमा महोत्सव हुँदैछ ।

पर्यटकीय नगरी सौराहामा प्रेम दिवसको अवसर पारेर मङ्गलबारदेखि खाना महोत्सव हुने भएको छ । चौधौैँ सौराहा खाना महोत्सवको तयारी पूरा भएको छ । रेष्टुराँ एण्ड बार एशोसिएशन ९रेवान० सौराहाको आयोजनामा सिसुवार चौरमा महोत्सव हुँदैछ ।

महोत्सवमा ४० खानाका कक्ष रहने रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिनुभयो । महोत्सवमा स्थानीय तथा विदेशी खानाको परिकारसँगै स्थानीय कला, संस्कृति, वेशभूषाको प्रदर्शन गरिनेछ ।

महोत्सवअन्तर्गत सौराहाको हात्तीचोकदेखि ड्याकसम्म सडकमै खाने र सडकमै रमाउने व्यवस्था मिलाइनेछ । सडक किनारमै खाने र सडकमा नै सांस्कृतिक कार्यक्रम अवलोकन गर्ने व्यवस्था मिलाइएको छ ।

पर्यटकका लागि होटलमा ३० प्रतिशत र रेष्टुराँमा १५ प्रतिशत छुटको व्यवस्था मिलाइएको महोत्सवका संयोजक धु्रव गिरीले जानकारी दिनुभयो । महोत्सवअन्तर्गत मेयरकप भलिबल प्रतियोगिता, प्रेमपत्र लेखन प्रतियोगिता, वेटर रेस, महिलाको म्युजिकल चेयर, बालबालिकाको बेलुन फुटाइ, डोरी तान्ने, अन्तरविद्यालय नृत्य प्रतियोगिता तथा सडक नाटकलगायत कार्यक्रम हुनेछन् ।

प्रेम दिवसको दिन महोत्सव प्रवेशका लागि काटिने टिकटबाट सङ्कलन भएको रकममध्ये ७५ प्रतिशत गौतमबुद्ध क्रिकेट रङ्गशालालाई दिइने आयोजकले जनाएको छ । जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गरिएको सो महोत्सवको वाग्मती प्रदेशका पर्यटनमन्त्री अरुण नेपालले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले-माओवादी एकता : ‘जनयुद्ध’मा विदेशीको आपत्ति
एमाले-माओवादी एकता : ‘जनयुद्ध’मा विदेशीको आपत्ति
राष्ट्र बैंकका गभर्नर निलम्बित, डेपुटी गभर्नरलाई कार्यबाहकको जिम्मेवारी
राष्ट्र बैंकका गभर्नर निलम्बित, डेपुटी गभर्नरलाई कार्यबाहकको जिम्मेवारी
एक कप कफीको मूल्य २० लाख  !
एक कप कफीको मूल्य २० लाख !
राजनीतिक प्रतिशोध साध्न म विरुद्ध नौटंकी हुँदैछ: नवराज सिलवाल
राजनीतिक प्रतिशोध साध्न म विरुद्ध नौटंकी हुँदैछ: नवराज सिलवाल
चलचित्र जालोका लेखक तथा निर्देशक अराज केशव र प्रोड्युसर मोहित मुनाल सँग गरेको बिशेष सम्बाद  !(भिडियो सहित)
चलचित्र जालोका लेखक तथा निर्देशक अराज केशव र प्रोड्युसर मोहित मुनाल सँग गरेको बिशेष सम्बाद !(भिडियो सहित)
इंल्याण्डका कप्तान एलेस्टर कुकले लिए क्रिकेटबाट  सन्यास !
इंल्याण्डका कप्तान एलेस्टर कुकले लिए क्रिकेटबाट सन्यास !
खेर गएको पातको दुनाटपरी आम्दानीको स्रोत बन्दै
खेर गएको पातको दुनाटपरी आम्दानीको स्रोत बन्दै
किन लगाए राजपा नेताले यस्तो  आरोपः उपेन्द्र सरकारसँग पैसा लिएर चुनावमा गएका हुन्…
किन लगाए राजपा नेताले यस्तो आरोपः उपेन्द्र सरकारसँग पैसा लिएर चुनावमा गएका हुन्…
डुङ्गा दुर्घटना हुँदा फिलिपिन्समा २५ को मृत्यु, ६ बेपत्ता
डुङ्गा दुर्घटना हुँदा फिलिपिन्समा २५ को मृत्यु, ६ बेपत्ता
अहिले संविधान संशोधन गर्ने बेला होइन:नेपाल
अहिले संविधान संशोधन गर्ने बेला होइन:नेपाल