प्रधानमन्त्री ओलीलाई ‘चीनको कठपुतली’ भन्दै कँग्रेस आईका प्रवक्ता सिंघवीले लेखे – ओलीले मानसिक सन्तुलन गुमाएको देखियो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ३०, २०७७
|
|
२० पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीलाई ‘चीनको कठपुतली’ भन्दै कँग्रेस आईका प्रवक्ता सिंघवीले लेखे – ओलीले मानसिक सन्तुलन गुमाएको देखियो

सारांश

  • काठमाडौं, ३० असार ।
  • भारतको विपक्षी दल कँग्रेस आईका प्रवक्ता अभिषेक मनु सिंघवीले प्रधानमन्त्री केपी शर्मा ओलीले मानसिक सन्तुलन गुमाएको टिप्पणी गरेका छन् ।
  • उनले ओलीलाई चीनको कठपुलती बनेर उसैको इशारामा बोलिरहेको आरोप समेत लगाए ।

काठमाडौं, ३० असार । भारतको विपक्षी दल कँग्रेस आईका प्रवक्ता अभिषेक मनु सिंघवीले प्रधानमन्त्री केपी शर्मा ओलीले मानसिक सन्तुलन गुमाएको टिप्पणी गरेका छन् । उनले ओलीलाई चीनको कठपुलती बनेर उसैको इशारामा बोलिरहेको आरोप समेत लगाए ।

आज विहान सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै सिंघवीले ओलीले शुरुमा भारतको भुभाग दाबी गरेको र त्यसपछि अयोध्या नेपालमा रहेको भनेको लेखेका छन् ।

सिंघवीले लेखेका छनः नेपालका प्रधानमन्त्री ओलीले मानसिक सन्तुलन गुमाएको देखिदैछ या कठपुतली र सुगाले जसरी चीनले तयार गरिदिएको वाक्य बोलिरहेका छन् । शुरुमा उनले नेपालले कहिले दाबी नगरेको भुमि दाबी गरे । अहिले अयोध्या र रामराज्य नेपालभित्र रहेको पुर्नस्थापित गर्न खोजे ।

(https://winandoffice.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?