७० हजार फिट उचाइसम्म उडान गर्नसक्ने रुसी जहाज नेपाल आयो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ६, २०७४
|
|
२३ पटक हेरिएको
Shares
७० हजार फिट उचाइसम्म उडान गर्नसक्ने रुसी जहाज नेपाल आयो

सारांश

  • काठमाडौं- नेपालको मौसमबारे विस्तृत अध्ययन गर्न पहिलो पटक रुसमा निर्मित एउटा जहाज बिहीबार काठमाडौं आएको छ।
  • ७० हजार फिट उचाइसम्म उडान गर्नसक्ने यो जहाज काठमाडौंमा करिब एक महिना बस्ने छ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान साढे ६ बजे अवतरण गरेको ‘एम–५५ जिओफिजिका’ नामको यो जहाज जर्मनीबाट आएको हो।

काठमाडौं- नेपालको मौसमबारे विस्तृत अध्ययन गर्न पहिलो पटक रुसमा निर्मित एउटा जहाज बिहीबार काठमाडौं आएको छ। ७० हजार फिट उचाइसम्म उडान गर्नसक्ने यो जहाज काठमाडौंमा करिब एक महिना बस्ने छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान साढे ६ बजे अवतरण गरेको ‘एम–५५ जिओफिजिका’ नामको यो जहाज जर्मनीबाट आएको हो। यो जहाजको ‘ग्राउन्ड ह्यान्डलिङ’ व्यवस्थापनको जिम्मेवारी निजी वायुसेवा कम्पनी बुद्ध एयरले पाएको छ।

‘बिहानै आइपुगेको जहाजलाई दिउँसो हाम्रो ह्यांगरमा ल्याएका छौं,’ बुद्धको टेक्निकल सपोर्ट डिपार्टमेन्टका प्रबन्धक सन्तोष खातीले बिहीबार नागरिकसँग भने, ‘नेपालमै पहिलो पटक आएको यस्तो जहाजलाई विमानस्थलमा व्यवस्थापन गर्न पाउनु हाम्रा लागि खुसीको विषय हो।’

उनका अनुसार एकजना पाइलटमात्र बस्न मिल्ने जहाजमा अत्याधुनिक मौसमी उपकरण जडित छन्। यो जहाज साउन ३१ गतेसम्म त्रिभुवन विमानस्थल धावनमार्गको पूर्वपट्टि रहेको बुद्धको अत्याधुनिक ह्यांगरमा रहने छ। बुद्धले ह्यांगर प्रयोग गर्न दिएवापत न्यूनतम शुल्कमात्र लिने छ।

रुसको जहाज निर्माता कम्पनी मायसिस्चेभले उत्पादन गरेको यस्तो जहाजले सन् १९८८ मा पहिलो उडान गरेको थियो। सुरुमा यस्तो जहाज रुसी सरकारी वायुसेवा कम्पनी एरोफ्टले सञ्चालन गरेको थियो। यस्तो जहाजले २१ हजार ३ सय ६० मिटर (७० हजार ८० फिट) उचाइसम्म उडान गरेको रेकर्ड छ। यो जहाजको लम्बाइ २२ मिटर र चौडाइ (एक पखेटाबाट अर्को पखेटासम्म) ३७ मिटर छ। यसको उचाइ भने करिब पाँच मिटर छ। खालि अवस्थामा यो जहाजको तौल १३ हजार ९ सय ९५ किलो हुन्छ भने अधिकतम १० हजार किलो तौल बोकेर उड्न सक्छ।

बुद्धका प्रबन्धक खातीका अनुसार युरोपेली युनियनको आर्थिक सहयोगमा जर्मनीको ‘अल्फ्रेड वेग्नर इन्स्टिच्युट’ ले यो जहाजलाई काठमाडौं ल्याएको हो। यही संस्थाले सञ्चालन गरेको मौसम सम्बन्धी अभियान ‘स्ट्राटोक्लिल क्याम्पेन’ पूरा गर्न जहाज यहाँ आएको हो। यो अभियानमा सहभागी हुन अमेरिका, बेलायत, इटाली, स्विट्जरल्यान्ड, जर्मनीलगायत एक दर्जन देशका ५० भन्दा बढी वैज्ञानिक जहाज आउनुअघि नै नेपाल आइसकेका छन्।

‘यो जहाजले नेपाली आकासमा ७० हजार फिटसम्मको उचाइमा गएर मौसम सम्बन्धी विस्तृतमा अध्ययन गरी तथ्यांक संकलन गर्ने छ,’ खातीले भने, ‘यसरी संकलन गरिने तथ्यांकलाई ती वैज्ञानिकहरूले थप अध्ययन गर्नेछन्। ठूलो वैज्ञानिक अध्ययनको काम भएका कारण हामी ह्यांगर प्रयोग गर्न दिएवापत आफ्नो लागतमात्र लिन्छौं।’

नेपालको मौसमी अवस्था अध्ययन गर्न आएको वैज्ञानिकको टोलीले वातावरण मन्त्रालय, रक्षा मन्त्रालयदेखि इसिमोडजस्ता संघसंस्थासँग सहकार्य गर्ने छ। ‘जहाजको पखेटाको लम्बाइ धेरै भएका कारण ह्यांगरभित्र पूरै जहाज अटाउन सकिँदैन,’ उनले भने, ‘पखेटाको थोरै भाग ह्यांगरबाहिर पर्छ।’

बिहीबार बिहानै आएको जहाज त्रिभुवन विमानस्थलको ८ नम्बर पार्किङ बेमा बसेको थियो। त्यसपछि धावनमार्ग पारिपट्टि रहेको बुद्धको ह्यांगरमा लाने प्रयास भए पनि ह्यांगर अघिल्तिर रहेको हेलिकोप्टर पार्किङ स्थलका कारण केही समय ढिला भएको थियो।

बुद्धले त्रिभुवन विमानस्थलमा जहाज मर्मतका लागि दक्षिण एसियाकै उत्कृष्ट ‘क्लोज्ड डोर ह्यांगर’ सञ्चालन गरिरहेको छ। उक्त ह्यांगरमा आफ्ना जहाजमात्र नभई बंगलादेशको नोभो एयरका एटिआर जहाज र त्यहीँकै हेल्लो एयरका बिचक्राफ्ट जहाज पनि मर्मत गरिरहेको छ। विगतमा भुटानको ड्रुक एयरको एटिआर जहाज पनि मर्मत गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब विमानस्थल सुरक्षाको जिम्मा रोबोटलाई
अब विमानस्थल सुरक्षाको जिम्मा रोबोटलाई
नमोबुद्धद्वारा आजदेखि श्रम स्वीकृति प्रदान
नमोबुद्धद्वारा आजदेखि श्रम स्वीकृति प्रदान
जेठ १७ गतेको राशीफल यस्तो छ, आज कसलाई कुन शुभ अंक ?
लाइनमै बसेर भोट हालेका महासिचव पोखरेलको उद्घोष– जनताले वामगठबन्धनलाई नै बहुमत दिने छन्, स्थायी सरकार मार्फत् मुलुकले समृद्धि पाउने छ
लाइनमै बसेर भोट हालेका महासिचव पोखरेलको उद्घोष– जनताले वामगठबन्धनलाई नै बहुमत दिने छन्, स्थायी सरकार मार्फत् मुलुकले समृद्धि पाउने छ
काठमाडौं-४ : गगन–राजनको दोस्रो मुकाबिला
काठमाडौं-४ : गगन–राजनको दोस्रो मुकाबिला
जितको आशमा डा आरजु, निराश छैनन् नारदमुनि, विवेकशीलको आफ्नै दाबी
जितको आशमा डा आरजु, निराश छैनन् नारदमुनि, विवेकशीलको आफ्नै दाबी
दिल्ली विधानसभा चुनाव : मतगणनाको तयारी पूरा
दिल्ली विधानसभा चुनाव : मतगणनाको तयारी पूरा
आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस
आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस
प्रचण्डको भारतका पूर्व सचिव श्याम सहरण सँगको  गोप्य भेटले ओली सशंकित,सरकारविरुद्ध भारतीयहरु सक्रिय !
प्रचण्डको भारतका पूर्व सचिव श्याम सहरण सँगको गोप्य भेटले ओली सशंकित,सरकारविरुद्ध भारतीयहरु सक्रिय !
सिके राउत कुर्लिए महन्थ ‘उपेन्द्र र लालबाबु भ्रष्ट नेता हुन्’
सिके राउत कुर्लिए महन्थ ‘उपेन्द्र र लालबाबु भ्रष्ट नेता हुन्’

तपाईंले छुटाउनुभयो कि?