बालुवाटारमा प्रचण्डको लागि राखिएको कुर्सी खाली

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २०, २०७७
|
|
२२ पटक हेरिएको
Shares
बालुवाटारमा प्रचण्डको लागि राखिएको कुर्सी खाली

सारांश

  • काठमाडौं, २० साउन ।
  • आज प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको रोकथामका लागि चाल्ने कदमबारे विज्ञसँग परामर्शका लागि बालुवाटारमा बैठक डाके ।
  • उनले नेकपा अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई पनि बैठकमा डाकेका थिए ।

काठमाडौं, २० साउन । आज प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको रोकथामका लागि चाल्ने कदमबारे विज्ञसँग परामर्शका लागि बालुवाटारमा बैठक डाके । उनले नेकपा अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई पनि बैठकमा डाकेका थिए ।

प्रचण्डद्वारा बामदेवसँग भैंसेपाटीमा छ बुँदे प्रस्तावबारे छलफल

बैठकमा देउवा र ठाकुर पुगे । तर, प्रचण्ड पुगेनन् । उनको लागि तयार गरिएको सिट खाली रह्यो । आखिर प्रचण्ड किन बालुवाटारमा अनुपस्थित भए । ओलीले बालुवाटारमा कोरोना जोखिमसँग जुध्न आवश्यक कदम चाल्नेबारे छलफल गरिरहँदा प्रचण्ड भने भैंसेपाटी पुगेका थिए । नेकपा उपाध्यक्ष बामदेव गौतमको निवासमा प्रचण्डले ४५ मिनेट महत्वपूर्ण कुराकानी गरेका थिए । कुराकानी सकारात्मक भएको गौतम निकटस्थले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?