यही हप्ताभित्र एसईईको नतिजा प्रकाशन हुने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २०, २०७७
|
|
१९ पटक हेरिएको
Shares
यही हप्ताभित्र एसईईको नतिजा प्रकाशन हुने

सारांश

  • काठमाडौं, २० साउन ।
  • राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यही हप्ताभित्र प्रकाशन गर्ने तयारी गरेको छ ।
  • बोर्डका अध्यक्ष प्रा.

काठमाडौं, २० साउन । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यही हप्ताभित्र प्रकाशन गर्ने तयारी गरेको छ ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले रिपोर्टर्स नेपाल डटकसमँगको कुराकानीमा भने,‘हामी यही हप्ताभित्रै नतिजा प्रकाशन गर्नेगरि तयारी अगाडि बढाईरहेका छौं । आज विदा दिन पर्यो । भोलि कार्यालय गएर म नतिजा प्रकाशनसम्बन्धी छलफल गर्छु । केही विद्यालयहरुले आन्तरिक मूल्यांकन पठाउँदाखेरि नाम, जन्ममिति र ठेगानाबारे त्रुटि भेटिएको छ, हामीले ती विद्यालयहरुलाई सच्याएर पठाउन भनेका छौं । बरु, एकरदुई दिन ढिला होस, तर विद्यार्थीहरुले दुःख नपाउन भन्ने पक्षमा बोर्ड छ ।’

यो वर्ष एसईई परीक्षा कोरोना संक्रमणको कारण हुन सकेको थिए । परीक्षामा सहभागी हुनको लागि ४ लाख ८२ हजारले फाराम भरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?