नेताको हत्यापछि आक्रामक बनेका विप्लवद्वारा घोषणा गरिएका कार्यक्रम यस्ता छन्

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ६, २०७६
|
|
२५ पटक हेरिएको
Shares
नेताको हत्यापछि आक्रामक बनेका विप्लवद्वारा घोषणा गरिएका कार्यक्रम यस्ता छन्

सारांश

  • काठमाडौं ।
  • नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विभिन्न संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।
  • आफ्ना नेताको हत्या भएपछि नेकपा आक्रामक भएको हो ।

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विभिन्न संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । आफ्ना नेताको हत्या भएपछि नेकपा आक्रामक भएको हो । विप्लवले आफ्ना कार्यकर्तालाई रक्षाका लागि तयार रहन निर्देशन दिँदै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

महासचिव विप्लवद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘…हाम्रो पार्टीका सर्लाही जिल्ला इन्चार्ज कमरेड कुमार पौडेललाई सरकारले नियन्त्रणमा लिएर बर्बरतापूर्वक हत्या गरेको छ र जनता तथा आफ्नो गैरन्यायिक हत्या र अपराधमाथि पर्दा हाल्न कथित भिडन्तको कथा सार्वजनिक गरेको छ । पार्टी फासीवादी सरकारको त्यो दाबी खारेज गर्दछ र सबै न्यायप्रेमी नागरिक, मानव अधिकारकर्मी, सञ्चारजगत् र बौद्धिक तथा नागरिक समाजसँग निष्पक्ष छानबिनकालागि अपिल गर्दछ ।’

पार्टीले भोलि असार ७ गते प्रचार प्रसार कार्यक्रम गर्ने, पर्सी ८ गते कोणसभा र घरदैलो गर्ने, ९ गते मशाल जुलुस गर्ने र १० गते नेपाल बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

पानी खान खनेको कुवामा आगो लागेपछि गाउँले चकित
एजेन्सी। आगो लागेपछि कुवा खन्नु यो उखान तपाईहरुले सुन्नुभएकै होला । तर पानीका लागि खनिएको कुवामै आगो लागेपछि भने यो उखानको पनि अर्को अर्थ खोज्ने बेला आएको छ । मध्य चीनमा अवस्थित साङ्क्सी प्रान्तको अन्साई गाउँमा स्थानीयले ताजा पानीका लागि धेरै मेहनत र पैसा खर्चेर खनाए । तर कुवाबाट निस्कने पानी यति धेरै प्रदुषित छ कि आगो नै लाग्न थालेको छ।

गाउँका बासिन्दाका अनुसार कुवा खन्ने क्रममै त्यहाँबाट पेट्रोलको गन्ध आइरहेको थियो । गाउँलेले पेट्रोल स्टेशनबाट भएको चुहावटका कारण पानीमै आगो सल्केको अनुमान गरेका छन् ।तर पेट्रोल स्टेशनका मालिकले भने यो कुराको ठाडै अस्वीकार गर्दै आएका छन् । स्थानीय अधिकारीका अनुसार भूमिगत तेल भण्डार ७५० मिटरदेखि ४५ सय मिटरको बीचमा हुन्छ ।

यहाँ त केबल ४६ मिटर गहिरो कुवामै तेल हुने सम्भावना कम छ । अधिकारीहरुले यसको जाँच थालिसकेका छन् । पिपुल डेली अनलाइनका अनुसार चीनमा रहेका ७० प्रतिशत बढी नदी प्रदुषित रहेका छन् । कारखानाबाट निक्लने घातक कच्चा र दुषित पानीका कारण चीनका नदीहरु नराम्ररी प्रदुषित भएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?